काठमाडौं- भारतमा २ लाख २६ हजार ७ सय १३ जनामा संक्रमण पुष्टि भएको छ। सर्वाधिक संक्रमण फैलिएका देशको सूचीमा भारत सातौं स्थानमा छ। सूचीको पहिलो स्थानमा अमेरिका छ। त्यसपछि क्रमशः ब्राजिल, रुस, बेलायत, स्पेन, इटाली लगायतका देश छन्।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार भारतमा ६ हजार ३ सय ६३ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमणमुक्त हुनेको संख्या १ लाख ८ हजार ४ सय ५० पुगेको छ।
विश्वभर कोरोनाः ६५ लाख ९५ हजार संक्रमित, ३ लाख ८९ हजारको मृत्यु
विश्वभर ६५ लाख ९५ हजार ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १८ लाख ७२ हजार २ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, ब्राजिलमा ५ लाख ८४ हजार १६, रुसमा ४ लाख ४० हजार ५ सय ३८, बेलायतमा २ लाख ८३ हजार ७९, स्पेनमा २ लाख ४० हजार ६ सय ६०, इटालीमा २ लाख ३४ हजार १३ जनामा संक्रमण पुष्टि भएको छ।
विश्वभर ३ लाख ८९ हजार ६ सय २० जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक १ लाख ८ हजार २ सय ८ छ।
त्यस्तै, बेलायतमा ३९ हजार ९ सय ८७, इटालीमा ३३ हजार ६ सय ८९, ब्राजिलमा ३२ हजार ५ सय ४८ जनाको मृत्यु भएको छ।
विश्वभर २८ लाख ५१ हजार १ सय ५७ जना संक्रमणमुक्त भएका छन्। तीमध्ये अमेरिकामा ४ लाख ८५ हजार २, ब्राजिलमा २ लाख ३८ हजार ६ सय १७, रुसमा २ लाख ४ हजार १ सय ९७ जना छन्।
नेपालमा पनि २६ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये २ सय ९० जना संक्रमणमुक्त भएका छन् भने १० जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।