काठमाडौं- विश्वभर ६५ लाख ९५ हजार ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १८ लाख ७२ हजार २ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, ब्राजिलमा ५ लाख ८४ हजार १६, रुसमा ४ लाख ४० हजार ५ सय ३८, बेलायतमा २ लाख ८३ हजार ७९, स्पेनमा २ लाख ४० हजार ६ सय ६०, इटालीमा २ लाख ३४ हजार १३ जनामा संक्रमण पुष्टि भएको छ।
विश्वभर ३ लाख ८९ हजार ६ सय २० जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक १ लाख ८ हजार २ सय ८ छ।
त्यस्तै, बेलायतमा ३९ हजार ९ सय ८७, इटालीमा ३३ हजार ६ सय ८९, ब्राजिलमा ३२ हजार ५ सय ४८ जनाको मृत्यु भएको छ।
विश्वभर २८ लाख ५१ हजार १ सय ५७ जना संक्रमणमुक्त भएका छन्। तीमध्ये अमेरिकामा ४ लाख ८५ हजार २, ब्राजिलमा २ लाख ३८ हजार ६ सय १७, रुसमा २ लाख ४ हजार १ सय ९७ जना छन्।
नेपालमा पनि २६ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये २ सय ९० जना संक्रमणमुक्त भएका छन् भने १० जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।