काठमाडौं- बिहीबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना नियन्त्रण उच्च स्तरीय समितिलाई २ दिनभित्र लकडाउन मोडालिटीको ड्राफ्ट तयार गर्न जिम्मा दिएको छ।
लकडाउनका कारण आर्थिकलगायत जनजीवन प्रभावित भएको जनगुनासो आएपछि मन्त्रिपरिषदको बैठकले लकडाउनको मोडालिटीको गृहकार्य तयार गर्न निर्देशन दिएको हो। उच्च स्तरीय समितिले मोडालिटी तयार भएपछि मन्त्रिपरिषद बैठकबाट निर्णय गर्ने एक मन्त्रीले बताए।
उच्च स्तरीय समितिले निरन्तर विभिन्न क्षेत्रका विज्ञसँग सुझाव दिइरहेको छ। यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन मोडालिटीका विषयमा बुधबार विभिन्न क्षेत्रका विज्ञसँग सुझाव लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।