काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले उपत्यकाभित्रका तीनवटै प्रमुख जिल्ला अधिकारीलाई भेटेर लकडाउन खुकुलो पार्न सुझाव दिएको छ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मीहरूसँग भेट गरेर कोभिड-१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाई लकडाउनलाई खुकुलो पारेर व्यवसायलाई चलयमान गर्नुपर्ने सुझाव पेश गरेका हुन्।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्रेष्ठले काठमाडौंको प्रमुख जिल्ला अधिकारी जनकाराज दाहाल, ललितपुरको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र सुरक्षा कर्मीहरूसँग भेट गरेर कोभिड-१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाई लकडाउनलाई खुकुलो पारेर लानुपर्ने सुझाव दिएका हुन्।
चेम्बरको सुझावलाई तीनवटै प्रमुख जिल्ला अधिकारीहरूले सकारात्मक रुपले लिएको चेम्बरले जनाएको छ। उनीहरूले सबै सुझावलाई लिएर नयाँ मोड्यालिटी बनाएर कोभिड-१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाई लकडाउनलाई खुकुलो बनाउने आश्वासन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।