पर्सा- सर्सा जिल्लाको छिपरमाई गाउँपालिका ४ बन्जारीबाट जेठ २२ गते सशस्त्र प्रहरी टोलीले २२ लाख ४८ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही जिल्लाको बहुदरमाई नगरपालिका ५ बस्ने २५ वर्षीय प्रकाश साह छन्। उनलाई सशस्त्र प्रहरी, बल नेपाल बोर्डर आउट पोष्ट भिस्वाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो।
ना ४३ प २८०२ नम्बरको मोटरसाईकलमा सवार निज साहलाई गस्तीमा खटिएको टोलीले शंका लागि जाँच गर्दा उक्त मोटरसाइकलको ट्याङ्कीमुनी लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उल्लेखित रुपैयाँ फेला परेपछि पक्राउ गरिएको हो।
एपीएफ टोलीले पक्राउ परेका निज साहलाई बरामद रुपैयाँ तथा मोटरसाईकलसहित आवश्यक कराबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।