काठमाडौं- कोरोना भाइरसको संक्रमण ६५ जिल्ला पुगेको छ। बिहीबार मुगुमा पनि नयाँ संक्रमित फेला परेका छन्।
बिहीबार ३ सय ३४ जना नयाँ संक्रमित देखा परेका छन्। जसमा ३ सय १९ पुरुष १५ महिला छन्। योसँगै कुल २६ सय ३४ जना संक्रमित भएका छन्। जसमा पुरुष २४ सय ५० र महिला १ सय ८४ छन्। बिहीबार एक जनाले ज्यान गुमाएका छन्।
पाल्पा मिसन अस्पतालमा उपचारत ४५ वर्षीय पुरुषको २० गते निधन भएको थियो। उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको हो। उनी पाँच दिनअघि भारतबाट आएका थिए।
| प्रदेश |
जिल्ला |
संक्रमित |
| १ |
१२ |
१९७ |
| २ |
८ |
९६३ |
| बागमती |
१२ |
५९ |
| गण्डकी |
७ |
५३ |
| ५ |
११ |
८९८ |
| कर्णाली |
६ |
३८३ |
| सुदूरपश्चिम |
९ |
८१ |
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।