काठमाडौं- कर्णाली प्रदेशको दैलेख जिल्लामा एकै दिन १ सय १३ जना कोरोना संक्रमित भेटिएका छन्। संक्रमण हुनेहरूमा नारायण नगरपालिकामा ६४, देवलकाडामा १२, सोतमा ९, मन टाकुरामा ७, साडुमा २, भवानीमा ५, वासकाडमा १ जना रहेका छन्।
यसरी संक्रमित हुनेमा ४ वर्षका बालकदेखि ५५ वर्षसम्मका मानिससम्म रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका ८ जनामा संक्रमित भेटिएका छन्। उनीहरू नारायण र नौमुले नगरपालिकाका हुन्।
तीमध्ये २ वर्षीया बालिकादेखि ३६ वर्षीया पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। दैलेख कर्णाली प्रदेशकै धेरै संक्रमित भएको जिल्ला हो। दैलेखमा १०५ जना संक्रमित रहेका थिए। अब यो संख्या दोब्बर हुँदै २ सय १८ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।