काठमाडौं- प्रदेश-२ काे संसद सचिवालयका पाच मर्यादापालकमा काेराेना पाेजेटिभ देखिएको छ। प्रदेशसभा सचिवालयमा कार्यरत ५ जनामा कोरोना भाइरसको पुष्टि भएपछि बिहीबार आह्वान गरिएको संसद् बैठक स्थगित गरिएको छ। प्रदेशसभाको चौथों अधिवेशन बुधबारदेखि सुरु भएको थियो
प्रदेश- २ को समाजिक विकास मन्त्रालयका अनुसार प्रदेशसभा सचिवालयमा संकलन गरिएको स्वाबमा ५ जनामा पोजिटिभ आएको छ। कोरोना पोजिटिभ देखिएका ५ जना नै पुरुष हुन्। उनीहरू प्रदेशसभामा कार्यरत मर्यादापालक रहेको प्रदेशसभा सचिवालयका निमित्त सचिव रन्जित यादवले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।