काठमाडौं- बिहीबार थप ३३४ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पछिल्लो पटक ३३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
देशका विभिन्न स्थानका प्रयोगशालामा पछिल्लो पटक यी संक्रमित थप भएका हुन्। उनका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २६३४ पुगेको छ।
हालसम्म नेपालमा कोरोना संक्रमण भएका २ सय ९० जना उपचारपछि निको भएर घर फर्किएका छन्। नेपालमा कोरोना संक्रमणका कारण १० जनाको भने मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।