काठमाडौं- सरकारले औपचारिक रूपमा विदेशबाट नेपाली फिर्ता ल्याउने काम सुरु गर्नु अघि नै २६ जना नेपाली स्वदेश फर्कने भएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय स्रोतले दिएको जानकारीअनुसार म्यानमारले विशेष व्यवस्था गरी पठाएका २ जहाजबाट ती नेपाली शुक्रबार काठमाडौं उत्रने भएका हुन्।
म्यानमारका दुई जहाज नेपालीलाई पुर्याइदिन मात्र नेपाल आउने भएका भने होइनन्। लकडाउनसँगै नेपालमा अड्किएर बसेका ४१ जना म्यानमारका नागरिकलाई लिन आउँदा म्यानमारमा अड्किएका नेपाली पनि उसले ल्याइदिने भएको हो।
म्यानमारबाट २ जहाज शुक्रबार काठमाडौंमा आउने मिति तय भएपनि समयबारे विमानस्थल कार्यालयले खुलाउन चाहेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।