काठमाडौं- अस्ट्रियाले इटालीलाई बाहेक अन्य सबै छिमेकीसँगको नाका खुल्ला गर्ने निर्णय गरेको छ। यसअघि जर्मनीले १५ जुनबाट सबै छिमेकीसँग नाका खोल्ने निर्णय गरेको थियो।
अष्ट्रियाका विदेशमन्त्रीले इटालीमा अझै कोरोना भाइरसको जोखिम उच्च अवस्थामा रहेको भन्दै उससँगको सीमा नखुल्ने बताए।
उनले इटालीसँगका सीमा छिटोभन्दा छिटो खोल्ने पक्षमा रहेको उनले बताए। इटाली कोरोना भाइरसको उच्च प्रभावित देशहरुको सूचीमा छैटौं नम्बरमा छ भने अष्ट्रिया ४५ औं नम्बरमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।