काठमाडौं- उत्तर कोरियाले विद्यालय खुलाउन थालेको छ। कोरियाले प्राइमरी स्कुलका कक्षाहरुमा विद्यार्थी ल्याउन थालेको हो।
उत्तर कोरियामा शैक्षिक सत्र अप्रिलदेखि सुरु भएको थियो। संक्रमणका कारण उसले केही समयपछि सारेको थियो।
छिमेकी चीनमा कोरोना भाइरसको संक्रमण देखिएपछि उत्तर कोरियाले सबै सीमा बन्द गरेको थियो भने देशभित्र प्रवेशमा रोक लगाएको थियो।
उत्तर कोरोयामा हालसम्म कति संक्रमित छन् भन्ने तथ्यांक सार्वजनिक गरिएको छैन। उसले एक जनामा पनि संक्रमण नभएको दाबी गरे पनि विज्ञहरुले भने विश्वास गरेका छैनन्।
उत्तर कोरिया सुरुवातमै लकडाउन गरेको थियो। विज्ञहरुले उत्तर कोरियामा कोरोना भाइरस फैलिएमा उसको स्वास्थ्य सेवाले सम्हाल्न नसक्ने चेतावनी दिँदै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।