काठमाडौं- भारतमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख १६ हजार ८ सय २४ पुगेको छ। सर्वाधिक संक्रमण देखिएको देशको सूचीमा भारत सातौं स्थानमा छ। सूचीको सबैभन्दा अघि अमेरिका छ। त्यसपछि क्रमशः ब्राजिल, रुस, बेलायत, स्पेन, इटाली, भारत छन्।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बिहीबार बिहानसम्मको तथ्यांक अनुसार भारतमा मृत्यु हुनेको संख्या पनि ६ हजार नाघेको छ। त्यहाँ ६ हजार ८८ जनाको मृत्यु भएको छ।
त्यस्तै, १ लाख ४ हजार ७१ जना संक्रमणमुक्त भएका छन्।
विश्वभर कोरोना : ६३ लाख ९३ हजार संक्रमित, ३ लाख ८३ हजारको मृत्यु
विश्वभर ६३ लाख ९३ हजार ९ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बिहीबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १८ लाख ४९ हजार ८ सय ५२ जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै, ब्राजिलमा ५ लाख ५५ हजार ३ सय ८३, रुसमा ४ लाख ३१ हजार ७ सय १५, बेलायतमा २ लाख ८१ हजार २ सय ७०, स्पेनमा २ लाख ४० हजार ३ सय २६, इटालीमा २ लाख ३३ हजार ८ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ।
विश्वभर ३ लाख ८३ हजार ३ सय १८ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा सर्वाधिक छ। त्यहाँ १ लाख ७ हजार ९९ जनाको मृत्यु भएको छ।
त्यस्तै, बेलायतमा ३९ हजार ८ सय ११, इटालीमा ३३ हजार ६ सय १, ब्राजिलामा ३१ हजार १ सय ९९ जनाको मृत्यु भएको छ।
विश्वभर २७ लाख ८६ हजार ६ सय १५ जना संक्रमणमुक्त भएका छन्। बिहीबार बिहानसम्म अमेरिकामा ४ लाख ७९ हजार २ सय ५८, ब्राजिलमा २ लाख २३ हजार ६ सय ३८, रुसमा १ लाख ९५ हजार ५ सय ५९, जर्मनीमा १ लाख ६७ हजार ४ सय ५३ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि २३ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार मात्रै २ सय १ जनामा संक्रमण पुष्टि भएको थियो।
त्यस्तै, नेपालमा संक्रमितमध्ये ९ जनाको मृत्यु भएको छ। साथै, २ सय ७८ मा संक्रमणमुक्त भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।