काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको छलफलमा लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे छलफल गरिएको हो।
करिब ४ घण्टासम्म भएको छलफल उपलब्धिमूलक र फलदायी भएकाे दाबी प्रधानमन्त्री निकट स्रोतले बताएको छ।
बैठकमा प्रधानमन्त्रीले सबै क्षेत्रका विज्ञबाट रायसुझाव माग गरेपछि विज्ञहरूले आफ्नो क्षेत्रका धारणा राखेका थिए।
लकडाउनका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को गाइडलाइन अनुसार अघि बढ्न विज्ञहरूले प्रधानमन्त्रीलाई सुझाव दिएका थिए। यसका साथै विज्ञ टोली बनाउनसमेत उनीहरूले सुझाव दिएका थिए। विज्ञले दिएको सुझावलाई प्रमले सकरात्मक रुपमा लिदैं विज्ञ टोली बनाउने प्रतिबद्धता गरेको छलफलमा सहभागी लोचन कार्कीले जानकारी दिए।
जनतामा उत्प्रेरणा जगाउने कार्य राज्यले गर्नुपर्ने सल्लाह २५ जना विज्ञकै रहेको र फेरि पनि विज्ञसँग परामर्श लिने कार्यक्रम राख्ने प्रधानमन्त्रीले वचन दिएको उनको भनाइ छ। छलफलमा विभिन्न क्षेत्रका २५ जना विषयविज्ञ उपस्थित थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।