काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचार (भिडियो)का प्रमुख शीर्षकहरूः
१) टिचिङमा मृत्यु भएका एक जनामा देखिएको थियो कोरोना, मृतकको संख्या ९ पुग्यो, बुधबार थपिएका २०१ जनासहित कोरोना भाइरस संक्रमित २ हजार ३ सय पुगे । (मृतकको संख्या ९ पुग्यो)
२) श्रम गन्तव्य मुलुकबाट ४० हजार नागरिक स्वदेश फर्कने सरकारको अनुमान, जुन ५ बाट ल्याउने तयारी, कतारबाट नेपाल फर्कनेको प्राथमिकताका सात आधार तय । (सरकारको तयारी)
३) व्यापक विरोधपछि करको ताकेताबाट पछि हट्यो सरकार, करको विवरण बुझाउने म्याद असार ७ गतेसम्म र रकम दाखिला गर्ने समय असार १५ सम्म पु¥याइयो । (कर चुक्ताको समय थप)
४) इंग्लिस प्रिमियर लिग जुन १७ मा सुरु हुनुअघि क्लबहरुले मैत्रीपूर्ण खेल खेल्न पाउने, खेलाडीहरुको नियमित स्वास्थ्य परीक्षण भने आवश्यक । (मैत्रीपूर्ण खेल खेल्ने अनुमति)
५) र, बेलायत र ईयूबीच ब्रेक्जिटबारे चौथो चरणको वार्ता सुरु, बेलायती टापुको तटमा माछा मार्ने अधिकारको भविष्यमाथि दुवै पक्षका वार्ताकारहरू धारणा राख्ने । (बेलायत र ईयूबीच ब्रेक्जिटबारे वार्ता)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।