काठमाडौं- बुधबार थप २ सय १ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पछिल्लो पटक २ सय १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
देशका विभिन्न स्थानका प्रयोगशालामा पछिल्लो पटक यी संक्रमित थप भएका हुन्। उनीहरुमध्ये १७९ जना पुरुष हुन् भने २२ जना महिला हुन्।
कोशी अस्पतालमा गरिएको परीक्षणमा धनकुटाका एक जना, मोरङका २ जना झापाका १ जना तेह्रथुमको आठराईका १ जना र सुनसरीका १ जना छन्। यस्तै, धरानमा गरिएको परीक्षणमा सप्तरीका १ जना, ताप्लेजुङका ३ जना, झापाका १ जना, पाँचथरका १ जना, र सुनसरीका ७ जनाको पनि कोरोना पोजेटिभ रिपोर्ट आएको छ।
नारायणी अस्तपालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ। यस्तै सुर्खेत प्रयोगशालामा दैलेखका १ जना र सल्यानका २ जनामा कोरोना संक्रमण भेटिएको छ।
सेती अस्पतालमा गरिएको परीक्षणमा कैलालीमा ३ र डोटीका २ जनामा कोरोना संक्रमण देखिएको छ।
रुपन्देहीको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका ६७ जना, पाल्पाका २ जना र रुपन्देहीका २६ जनामा पनि कोरोना संक्रमण देखिएको छ। यस्तै जनकपुरको प्रयोगशालामा गरिएको परीक्षणमा महोत्तरीका ९ जनामा पनि कोरोना पोजेटिभ रिपोर्ट आएको छ।
यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दैलेखका ६ र कालिकोटका ७ जनामा कोरोना संक्रमण भेटिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका ५ जना, प्युठानका २ र सल्यानका १ जनाको पनि पोजेटिभ रिपोर्ट आएको छ।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाका १, कपिलवस्तुका २, काठमाडौंका ३, नवलपरासीका ८ जना, रौतहटका ११ जना, रुपन्देहीमा १, सर्लाहीका १५ र सिन्धुपाल्चोकका १ जनामा कोरोना संक्रमण भेटिएको हो।
उनका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ।
हालसम्म नेपालमा कोरोना संक्रमण भएका २ सय ७८ जना उपचारपछि निको भएर घर फर्किएका छन्। नेपालमा कोरोना संक्रमणका कारण ९ जनाको भने मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।