काठमाडौं- मेगा बैंक र गण्डकी विकास बैंकले मर्जरको विशेष प्रस्ताव पारित गरेका छन्। दुवै बैंकले बुधबार मर्जरको विशेष प्रस्तावसहित छुट्टाछुट्टै विशेष साधारणसभा डाकेका थिए। मेगा बैंकले गण्डकी विकास बैंकलाई एक बराबर एकको अनुपातमा प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ।
दुवै बैंकले २०७६ कात्तिक २६ गते मर्जरको सम्झौतामा हस्ताक्षर गरेका हुन्। साधारणसभाबाट मर्जरको प्रस्ताव पारित भएसँगै केही समयभित्रै एकिकृत कारोबार गर्न सक्नेछन्। विशेष साधारण सभा भिडियो कन्फ्रेन्स मार्फत सम्पन्न भएको थियो। सेयरधनीहरूलाई 'मिटिङ आइडी' र 'पासवर्ड' उपलब्ध गराइएको थियो।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक वित्तीय विवरणअनुसार मेगाको चुक्ता पुँजी १० अर्ब ३८ करोड रुपैयाँ रहेको छ भने गण्डकीको दुई अर्ब ७५ करोड रुपैयाँ रहेको छ। मर्जपछि चुक्ता पुँजी १३ अर्ब १३ करोड रुपैयाँ पुग्नेछ। त्यस्तै निक्षेप संकलन एक खर्ब १७ अर्ब रुपैयाँ र कर्जा लगानी एक खर्ब ६ अर्ब रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।