काठमाडौं- विश्व बैंकले नेपालको ऊर्जा क्षेत्रमा खर्च गर्ने गरी १० करोड अमेरिकी डलर (१२ अर्ब रूपैयाँ) ऋण स्वीकृत गरेको छ। यो रकम कोरोना भाइरसका कारण उत्पन्न संकटपछिको सुधारका काममा पनि खर्च हुनेछ।
विश्व बैंकले डेभलपमेन्ट पोलिसी क्रेडिटअन्तर्गत यो ऋण स्वीकृत गरेको छ। डेभलपमेन्ट पोलिसी क्रेडिटअन्तर्गत विश्व बैंकले नेपालको नीतिगत, नियामकी र संस्थागत सुधारका क्षेत्रमा सहयोग गर्दै आएको छ। त्यसैअनुसार यस पटक विद्युत क्षेत्रका ऋण स्वीकृत गरेको हो।
विश्व बैंकका राष्ट्रिय प्रबन्धक फारिस हदाद जेर्भोसले नेपालको ऊर्जा क्षेत्रमा निरन्तर सुधारका लागि सहयोग गरिरहेको र संकटपछिको सुधारका कामका लागि यो ऋण सहायता स्वीकृत गरिएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।