काठमाडौं- जुम्लामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन तीन दिनका लागि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय जुम्लाले बुधबार बिहान ९ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो।
जुम्लामा भारतबाट आएका नागरिक र सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि त्यसलाई समुदायस्तरमा फैलिन नदिन निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ। कसैलाई पनि घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ। निषेधाज्ञाको अवज्ञा गरे कानुन बमोजिम कारबाही हुने चेतावनी दिइएको छ।
जिल्ला प्रशासन कार्यालयले मंगलबार जारी गरेको सूचनामा निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेकका सबै पसलहरु बन्द हुने उल्लेख छ।
बुधबार बिहान ९ बजेदेखि जिल्लाभित्रका औषधि पसल, उपकरण तथा औषधि सामग्री उत्पादन, बिक्री वितरण र ढुवानी सेवा बाहेक अन्य सबै पसल बन्द हुन्ने सूचनामा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।