काठमाडौं- कोरोना संक्रमणका कारण कतारबाट नेपाल आउने नागरिकका लागि प्राथमिकताका आधारमा सरकारले सात अवस्थाको वर्गीकरण गरेको छ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै कतारस्थित नेपाली राजदूतावासले क्रमशः सुत्केरी तथा गर्भवती महिला‚ कोभिड बाहेक अन्य स्वास्थ्य समस्या भएका व्यक्ति‚ अध्ययन समाप्त भएका विद्यार्थी‚ आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानुपर्ने व्यक्तिलाई प्राथमिकताका आधारमा नेपाल ल्याउने भएको हो।
त्यसैगरी क्रमशः भिजिट अथवा बिजनेश भिसामा रहेका व्यक्ति‚ श्रम अवधी सकिएका वा रोजगारी गुमाएका श्रमिक र कतार आइडी समाप्त भएका वा आइडी नै नलागेका वा भिसा समाप्त भएका व्यक्तिलाई सरकारले नेपाल ल्याउने भएको छ।
यसैगरी विज्ञप्तिमा कसले के-के कागजातहरू पेश गर्नुपर्ने पनि उल्लेख गरिएको छ। साथै पहिलो चरणमा उल्लेखित वर्गिकरणमा परेका र फर्कन जरूरी भएका व्यक्तिले राजदूतावासको इमेल वा ह्वाट्स एप नम्बरमा जून ७ भित्र सबै विवरण पठाउन पनि राजदूतावासले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।