काठमाडौं– सुनसरीको इटहरी उप–महानगरपालिका–२० का २८ वर्षीय रादन राईको हत्याको आरोपमा ३ जनालाई पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा मोरङको कानेपोखरी गाउँपालिका–५ का २० वर्षीय प्रज्वल तामाङ, इटहरी उप–महानगरपालिका–२० का १९ वर्षीय अभिषेक केसी (गिरी) र सोही स्थानका २३ वर्षीय अभिषेक पौडेल छन्।
जेठ १८ गते राती करिब सवा ९ बजेको समयमा छिमेकी खिले भनिने अमित घिमिरेको घरमा प्रज्वल राई र रादन राईबीच सामन्य वादविवाद भएको थियो। विवादपश्चात् प्रज्वल आफ्नो घरतर्फ फर्कने क्रममा बाटोमा ढुकेर बसेका उनकै साथीहरु (हाल पक्राउ परेका)ले बाँसको लाठीले अन्धाधुन्द कुटपिट गरेका प्रहरीले बताएको छ।
त्यसपछि भुईंमा ढलेका प्रज्वलको कोखा तथा छातीमा समेत छुरा प्रहार गरी घाइते बनाएर उनीहरु फरार भएका थिए। प्रज्वल घाइते भएपछि उनका अन्य साथीहरूले थाहा पाएर तत्काल उद्धार गरी उपचारको लागी धरानको बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पुर्याएका थिए। उपचारको क्रममा सोही राति सवा ११ बजे उनको मृत्यु भएको थियो।
घटनाको जानकारी पाए लगत्तै अनुसन्धान तथा फरार प्रतिवादीहरुको खोजतलासमा खटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर तथा इलाका प्रहरी कार्यालय इटहरी खटिएको थियो।
सोही प्रहरी टोलीले टोलीले जेठ १९ गते साँझ ६ बजे इटहरी उप–महानगरपालिका–११ बाट तीनै जनालाई पक्राउ गरेको हो। पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।