काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्यमा वाइन बेच्ने केके मार्टलाई ३ लाख रुपैयाँ जरिवाना जरिवाना गरेको छ।
विभागले मंगलबार गरेको बजार अनुगमनका क्रममा क्षेत्रपाटीमा रहेको केके मार्टले नेपाली वाइन अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) भन्दा बढी लिएर बिक्री-वितरण गरेको भेटिएपछि कारबाही गरिएको जनाएको छ।
केके मार्टले बढी मूल्यमा सामान बेचेको गुनासो आएपछि विभागको टोलीले स्थलगत अनुगमन गरेको थियो। अनुगमनका क्रममा उक्त मार्टले एमआरपी भन्दा बढी मूल्यमा वस्तु बेचेको भेटिएपछि कारबाही गरिएको विभागले जनाएको छ।
मंगलबार नै धन्यन्तरी ट्रेडर्स हाँडीगाउँलाई विभागले २ लाख रुपैयाँ जरिवाना गरेको छ। बिल-बिजक बिनै भारतीय कम्पनी पतन्जली आयर्वेदका सामान बिक्री गरेको भेटिएपछि कारबाही गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।