• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ १२, २०८३ Tue, May 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

लकडाउनकै अवधिमा अन्तर्राष्ट्रियतर्फ नेपाल एयरलाइन्सको ४४ उडान तथा अवतरण

आन्तरिक तर्फ ११ उडान, एक दुर्घटना
64x64
उत्तम काप्री मंगलबार, जेठ २०, २०७७  १३:१८
1140x725

काठमाडौं– सरकारले कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि भन्दै लकडाउन घोषणा गरेको साढे २ महिना हुन लागिसकेका छ। पटकपटक थप गरी लकडाउन जेठ ३२ गतेसम्मका लागि जारी भएको छ। लकडाउनसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान पनि बन्द छन्। तर, उद्धार र मेडिकल सामान ल्याउनका लागि भने कार्गो उडानमा अनुमति दिइएको छ। त्यसको सबैभन्दा बढी सदुपयोग नेपाल एयरलाइन्सले गरेको छ।

लकडाउन अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै १ सय वटा उडान तथा अवतरण भइसकेको छ। जसमा सबैभन्दा बढी नेपाल एयरलाइन्सको हिस्सा छ। सयभन्दा बढी उडान तथा अवरतण मार्फत  नेपालबाट विश्वका विभिन्न देश जाने हवाई यात्रुको संख्या भने ८ हजारको हाराहारीमा पुगेका छ। यसबाहेक ८५ को हाराहारीमा बालबालिकाले पनि नेपाल छोडेको विमानस्थल कार्यालयले जनाएको छ।

लक डाउनको अवधिमै नेपाल एइरलाइन्सले अन्तर्राष्ट्रियतर्फ ४४ वटा उडान तथा अवतरण (उदाहरणका लागि नेपालबाट जापानको नारिता उडान १ र अवतरण १ गरी दुई वटा उडान तथा अवतरण ) गरेको छ।  यसरी गरिएको उडान तथा अवतरणबाट नेपाल एयरलाइन्सले ३ हजारको हाराहारीमा विदेश तथा नेपाली नागरिलाई विश्वको विभिन्न स्थानमा पुर्‍याएको छ। 

नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काका अनुसार लकडाउनको अवधिमा २२ वटा उडान र २२ वटै अवतरण भएको छ।

जसमा कार्गो चार्टरतर्फ ९ वटा उडान भएको छ। ९ वटा उडान हुने भनेको कार्गोतर्फ १८ वटा उडान तथा अवतरण हुनु हो।

कार्गो उडानमा पनि नेपाल एयरलाइन्सले चीनको गोन्जाओमा ६ वटा उडान, चाङ्सामा १ उडान तथा कुन्मिङमा १ उडान गरेका छ। यो सबै उडान मेडिकल सामान ल्याउनका  लागि भएको थियो।

यसैगरी प्यासेन्जर चार्टरतर्फ १३ वटा उडान भएको छ। १३ वटा उडान हुनु भनेको प्यासेन्जर चार्टरतर्फ २६ वटा उडान तथा अवतरण हो।

प्यासेन्जर चार्टर उडानतर्फ नेपाल एयरलाइन्सले जापानको नारितामा ६ वटा उडान गरेको छ। यसैगरी प्यासेन्जर चार्टरतर्फ नै हङकङमा ३, बंगलादेशको ढाका १, दिल्ली १ र अष्ट्रेलिया २ वटा उडान गरेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

आन्तरिकतर्फ ११ चार्टर उडान
यसैगरी लकडाउनकै अवधिमा नेपाल एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आन्तरिकतर्फ ११ वटा चार्टर उडान गरेको छ। त्यो भनेको २२ वटा उडान तथा अवतरण हुन हो। तर, एउटा अवतरण भने हुने पाएको छैनन। कोरोना परीक्षणका लागि स्वाब लिन नेपालगञ्ज गएको जहाज दुर्घटना हुँदा नेपालगञ्ज विमानस्थलमै दुर्घटना भएको थियो। नेपाल एयरलाइन्सको एउटा वाई–१२ जहाज नेपालगञ्जमा दुर्घटना भएको थियो। दुर्घटनामा कुनै मानवीय क्षति नभए पनि जहाज भने काम नलाग्ने अवस्थामा पुगेको छ। जहाज अहिले पनि नेपालगञ्ज विमानस्थलमै छ।

आन्तरिक उडानमा नेपाल एयरलाइन्सले सगरमाथा आधार क्षेत्रमा अलपत्र परेको विदेशी नागरिक उद्धार तथा कोरोना परीक्षणका लागि संकलित स्वाब ल्याउने काममा चार्टर उडान भएको थियो।

१३ जहाज अवस्था के छ?
नेपाल एयरलाइन्ससँग अहिले अन्तर्राष्ट्रिय उडानतर्फ ४ वटा जहाज छन्। जसमा दुईवटा ए–३३० वाइडबडी र दुईवटा एयरबस–३२० छन्। निगमले अहिले जापानको नारिता, भारतका ३ सहर, मलेसिया, दुबई, कतार, थाइल्यान्ड र हङकङमा उडान गर्दै आएको छ।

यसैगरी निगमको आन्तरिक उडान भने प्रभावकारी हुन सकेको छैन। ९ वटा जहाज रहेको निगमले निरन्तर रुपमा ३ देखि ४ वटा मात्रै जहाज उडान गर्दै आएको छ। ५ वटा जहाज भने सधैं ग्राउन्डेड भएर बस्ने गरेका छन्।

निगमले आन्तरिक उडानमा प्रयोग गर्दै आएको ४ वटा चिनियाँ वाई–१२ जहाजमध्ये २ वटा ग्राउन्डेड छन् भने एउटा सञ्चालनमा छ। एक जहाज भने लकडाउनकै अवधिमा नेपालगञ्जमा दुर्घटना भएदेखि ग्राउन्डेड भएर बसको छ। यसैगरी दुईवटा एमए– ६० जहाजमध्ये एउटा ग्राउन्डेड छ भने एउटामात्रै उडानमा छ।

साथै ३ वटा ट्विनअटर जहाजमध्ये एउटा ग्राउन्डेड छ भने २ वटा उडानमा छन्।

एक वर्षमा २ अर्ब घाटा
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आर्थिक वर्ष २०७५/०७६ मा झण्डै २ अर्ब रुपैयाँ नोक्सानी व्यहोरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति विवरणअनुसार नेपाल एयरलाइन्स गत आर्थिक वर्ष २०७५/०७६ मा कुल १ अर्ब ९६ करोड ५४ लाख रुपैयाँ घाटामा गएको थियो।

आर्थिक वर्ष २०७४/०७५ मा २० करोड रुपैयाँ नाफामा रहेको नेपाल एयरलाइन्स गत आर्थिक वर्षमा भने घाटामा गएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ समेत गर्दै आएको निगम पछिल्ला केही वर्षदेखि नाफामा थियो। तर, दुईवटा वाइडबडी जहाज खरिद गर्दै प्रभावकारी रुपमा जहाज फूल फेजमा सञ्चालन गर्न नसक्दा र आन्तरिक उडानमा रहेका चिनियाँ जहाजका कारण नेपाल वायुसेवा निगम घाटामा गएको हो।

योसँगै एयरलाइन्सको सञ्चित घाटा बढेर ५ अर्ब ५३ करोड ५२ लाख रुपैयाँ पुगको छ। चालू आर्थिक वर्ष २०७६/०७७ मा भने नेपाल एयरलाइन्सले अझै योभन्दा बढी नोक्सानी व्यहोर्ने निश्चित छ। कोभिड–१९ का कारण नेपाल एयरलाइन्सको व्यापार नै घटेकाले यसको घाटा बढ्ने भएको हो।

नेपाल एयरलाइन्सले सरकारलाई बुझाउनुपर्ने ऋणमात्रै ३ अर्ब ६० करोड ९८ लाख रुपैयाँ रहेको छ। यसको ब्याज पनि ३५ करोड ७ लाख रुपैयाँ रहेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानहरुको वित्तीय विवरण उल्लेख छ।

यसबाहेक नेपाल एयरलाइन्सले विभिन्न वित्तीय संस्थासँग लिएको ऋण ३५ अर्ब ५९ करोड २३ लाख रुपैयाँ छ। यसको ब्याज रकममात्रै २ अर्ब ३१ करोड ५८ लाख रुपैयाँ हुन आउँछ। साथै भाका नाघेको ऋणको साँबा रकम ४९ करोड १३ लाख रुपैयाँ र ब्याज रकम ३५ करोड ७ लाख रुपैयाँ पुगेको छ। नेपाल एयरलाइन्समा कुल १ हजार ४ सय ७५ जना कर्मचारी छन्। नेपाल एयरलाइन्सले चालु आर्थिक वर्षमा ३ अर्ब २२ करोड ४० लाख रुपैयाँभन्दा बढी नाफा गर्ने लक्ष्य लिए पनि समीक्षा अवधि (फागुनसम्म)मा ४१ करोड ९३ लाख रुपैयाँभन्दा बढी नोक्सानीमा गएको अनुमान गरिएको छ।

संकटकै बेला बजेटमा अवहेलना
सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गरिसकेको छ। बजेटमाथि उठेको विषयमा अर्थमन्त्री युवराज खतिवडाले समेत सामान्य जवाफ दिइसकेका छन्। योसँगै संसद सचिवालयले मन्त्रालयगत बजेटको विषयमा २३ गतेबाट छलफल सुरु गर्दैछ। तर, सरकारले जेठ २ गते ल्याएको नीति तथा कार्यक्रम र बजेट दुवैमा आर्थिक संकटमा फस्दै गएको नेपाल एयरलाइन्सको विषयमा कुनै पनि विषय समावेश भएको छैन।

आर्थिक संकटमा फसेको नेपाल एयरलाइन्स सुधारका लागि सरकारले बजेटबाट सम्बोधन गर्न नसकेको निगमका उच्च कर्मचारीहरू नै बताउँछन्। बजेटमाथिकै छलफलको क्रममा सांसद दिव्यमणि राजभण्डारीले समेत नेपाल एयरलाइन्सको उद्धार र सुधारमा लागि कुनै बजेटको व्यवस्था नभएको प्रश्न  उठाएका थिए।

तर, केही समयअघि मात्रै बजेटको विषयमा मन्त्रालयमै भएको पत्रकारसँगको छलफलमा नेपाल एयरलाइन्सको सुधार र व्यवसायिक क्षमता बढाउने बजेटको व्यवस्था हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताएका थिए। उनले भनेका थिए, ‘नेपाल एयरलाइन्सको क्षमता विस्तारका लागि आवश्यक मात्रामा पुँजी समेत विस्तार गरिने र रणनीतिक साझेदार भित्र्याउने गरी नीतिगत व्यवस्थासँगै बजेट आउनेछ।’

तर, मन्त्री भट्टराईको वाचा न त नीति तथा कार्यक्रममा समावेश भयो न त बजेटमा।

मन्त्री भट्टराईले नेपाल एयरलाइन्सको आन्तरिक उडान प्रभावकारी बनाउन बजेट समेत व्यवस्थापन हुने विश्वास गरेका थिए। पछिल्लो समय नेपाल एयरलाइन्सलाई कम्पनी मोडलबाट समेत सञ्चालन गर्ने तयारी भइरहेको बेला बजेटको व्यवस्था भएको छैन। ८३ पेजको बजेटमा एक ठाउँमा पनि नेपाल एयरलाइन्सलाई समेटिएको छैन।

लकडाउनसँगै बन्द भएको अन्तर्राष्ट्रिय उडानका कारण नेपाल वायुसेवा निगममा झन् आर्थिक संकट थपिएको छ। आर्थिक संकटकै कारण १५ सय  हाराहारीमा रहेका कर्मचारीलाई तलब तथा भत्ता खुवाउन नेपाल एयरलाइन्ससँग रकम अभाव भइसकेको छ। लकडाउनकै बेला २० भन्दा बढी कार्गो तथा उद्धार उडान गरे पनि त्यसबाट भएको आम्दानीले निगमको दैनिक खर्च चल्ने अवस्था छैन।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७  १३:१८
  • #नेपाल-एयरलाइन्स

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
७९ देशका ११ सय ८१ जनाले लिए हिमाल आरोहणको अनुमति विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिए । मंगलबार, जेठ ५, २०८३
आफ्नै रेकर्ड तोड्दै कामीरिता ३२औं पटक सगरमाथामा अभियान अधिकारीहरूका अनुसार ५६ वर्षीय शेर्पा बिहान १०:१२ बजे शिखरमा पुगेका थिए। यससँगै उनले विश्वकै सबैभन्दा धेरै पटक सगरमाथा आरोहण ग... आइतबार, जेठ ३, २०८३
महालेखा परीक्षकको प्रतिवेदन : निगमको जहाज खरिद गर्न लिएको ऋण ३४ अर्ब, तिर्नुपर्ने- ५३ अर्ब पुग्यो निगमले ए–३२० तथा ए–३३० जहाज खरिदका लागि सरकारको जमानीमा २०७० असार ४ गते र २०७४ जेठ २८ मा कर्मचारी सञ्चय कोषबाट २२ अर्ब बराबरको ऋण लि... शुक्रबार, जेठ १, २०८३
ताजा समाचारसबै
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह मंगलबार, जेठ १२, २०८३
संविधान संशोधनसम्बन्धी सुझाव संकलन गर्न निजी क्षेत्रसँग कार्यदलको छलफल सुरु मंगलबार, जेठ १२, २०८३
विपक्षीलाई सभामुखले भने– प्रधानमन्त्रीज्यू संसद्‍मा आएर जवाफ दिने अवस्थामा हुनुहुन्छ, छिट्टै आउनुहुनेछ मंगलबार, जेठ १२, २०८३
मनसुन प्रतिकार्यका लागि यस वर्ष २६ हजार सुरक्षाकर्मी परिचालन गरिँदै मंगलबार, जेठ १२, २०८३
दुर्गा प्रसाईँ साधारण तारेखमा रिहा मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश सोमबार, जेठ ११, २०८३
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्