• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

आन्तरिक असन्तुष्टि र सीमाका विषय फरक रुपमा बुझ्नुपर्छ : शिवमाया तुम्बाहाङ्फे [अन्तर्वार्ता]

64x64
डिबी खड्का मंगलबार, जेठ २०, २०७७  ११:३२
1140x725
मन्त्री शिवमाया तुम्बाहाङ्फे

सरकारले प्रचलित नक्सामा छुटेका नेपालका भू-भागलाई समेटेर नयाँ नक्सा जारी गरेको छ। उक्त नक्सालाई थप वैधानिक बनाउन संविधान संशोधनको प्रक्रिया अघि बढाएको छ। संविधानमा रहेको निशान छापभित्रको नक्सामा पनि लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समेट्न संविधान संशोधन प्रक्रिया थालिएको हो। अर्कोतिर, लामो समयदेखि संविधानका विभिन्न प्रावधानलाई लिएर असन्तुष्टि जनाउँदै आएका मधेस केन्द्रित दलले छुट्टै संशोधन प्रस्ताव दर्ता गराएका छन्। यही सेरोफेरोमा कानुन, न्याय तथा संघीय मामिला मन्त्री डा शिवमाया तुम्बाहाङ्फेसँग डिबी खड्काले गरेको संवादः

नेपालले भर्खर जारी गरेको नक्सा समेट्न सविधान संशोधन प्रस्ताव प्रतिनिधिसभामा पेश भएको छ। कहिलेसम्म संशोधन भइसक्ला त? 
सरकारका तर्फबाट संविधान सशोधन प्रतिनिधिसभामा पेश भइसकेको छ। संविधान संशोधन विधेयक पेश ३० दिनभित्र सर्वसाधारणमा जानकारीका लागि सार्वजनिक गर्नुपर्छ। यो संवैधानिक व्यवस्था हो। यसलाई पालना गर्नका लागि आइतवार हामीले राजपत्रमा प्रकाशन गर्न पठाइएको थियो। प्रकाशित भइसकेको छ। पत्रपत्रिकामा प्रकाशन गर्ने प्रक्रिया पनि सोमबार भएको छ। यी सबै प्रक्रिया पूरा भएका छन्। अब यो संशोधन परिपक्व हुन एक साता लाग्छ। 

संशोधन प्रक्रिया अघि बढाउन दुवै सदनका आ-आफ्नै नियमावली रहेका छन्। प्रतिनिधिसभा र राष्ट्रियसभा सञ्चालनका लागि आ-आफ्नै नियमावली छन्। यी नियमावलीको प्रक्रिया यो संशोधनले पनि पूरा गर्नुपर्ने हुन्छ। यो संशोधन प्रतिनिधिसभामा रहेको छ। प्रतिनिधिसभाको नियमावलीले पनि परिपक्व हुन सात दिन लाग्ने उल्लेख  छ। अब केही दिनमा परिपक्क हुन्छ। त्यसपछि ७२ घन्टा संशोधनका लागि समय हुन्। हामी अहिले ७२ घन्टा घटाएर चाँडो टुंग्याउने कि भन्ने छलफलमा छौं। संविधान संशोधन चाँडो गर्दा प्रतिनिधिसभाका केही नियम निलम्बन गर्नुपर्ने हुन्छ। कार्य व्यवस्था परामर्श समितिले यसमा सल्लाह दिएपछि यसलाई घटाउन सकिन्छ। छलफल अघि बढाउने कुरा भएको छ।

यो प्रक्रिया पार गरेपछि संविधानको  धारा ९ को अनुसूची ३को नक्सामात्र परिर्वतन हुने छ । जुन नक्सा प्रचलनमा रहेको थियो। अब त्यो परिर्वतन भई लिपुलेक, लिम्पियाधुरा र कालापानी समावेश भएको नक्सा हुनेछ। यो भागमात्र चलाउने हो अन्य कुरा यसमा चलाइँदैन। त्यहाँभित्र धेरै कुरा छन्। अरु सबै यथावत हुने छन्। नियम निलम्बन गरेर अघि बढेर चाँडै संविधानमा अहिलेको नक्सा भेटिनेछ।

नक्सा सच्चाउन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस लगायत सबै दलहरुका बीचमा सहमति भएको देखिन्छ। यो सहमति हुन सरकारले अतिरिक्त मेहनत गर्न पर्‍यो कि परेन?
यो विषयमा सरकारलाई धेरै मेहनत गर्नुपरेन। किनकी यो सबैको साझा मुद्दा थियो। ती भूमि हाम्रो हो भन्ने कुरामा सबै दलहरु सचेत नै थिए। यो राष्ट्रियता र भूमिको सवाल थियो। नेपालीहरु आफ्नो भूमिका लागि एक ठाउँमा हुन्छन् भन्ने भावनाको आधारमै सरकारले एक ठाउँमा भएको सोचेर अघि बढेको थियो। यही अनुसार सबै पार्टीले एकमत देखिनुभएको छ।

तर पनि सरकारले सर्वदलीय बैठक राखेको थियो। सबै एक ठाउँ छौं भन्ने सन्देश दिन उक्त बैठक  राखिएको हो। सर्वदलीय बैठककै क्रममा प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले केही दिन पर्खिन भनेका कारण सोमबार मात्रै हामीले संसदमा पेश गर्‍यौं।

त्यसअघि सम्भवावित कार्यसूचीमा राखेर पनि हटाउनुभयो। त्यसले आमजनमानसमा फरक खालको सन्देश गयो। भारतीय मिडियाहरुमा त नेपाल पछि हटेकोसम्मका समाचार देखिए। खासमा भएको के थियो?
संसदमा छलफल हुने सम्भावित विषयलाई लिएर अघिल्लो दिन नै कार्यसूची सार्वजनिक गर्ने अभ्यास छ। यो सामान्य प्रक्रिया हो । सम्भावना भएको कुरा राख्ने हो। तर, सबै सम्भावित विषय संसदमा परिहाल्छन् भन्ने होइन। कुनै विधेयकलाई पेश गर्ने भनेर सम्भावित सूचीमा राखिन्छ तर कार्य व्यवस्थामा छलफल भएपछि यसलाई समावेश नगर्न पनि सकिन्छ। तर, यही विषयलाई लिएर गलत सन्देश प्रवाह भयो। चर्चा परिचर्चा भयो। जुन कुरा अहिले झुटो साबित भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

संविधानमा हाम्रो कुरा परेनन् भनेर केहीले आवाज उठाइरहेका छन्। सोमबारमात्र मधेस केन्द्रित दल जनता समाजवादी पार्टीले संविधान संशोधनको अलग्गै गैरसरकारी विधेयक दर्ता गराएको छ। यसलाई पनि यही बेला सम्बोधन गर्न मिल्दैन थियो? 
यो सँगै लैजान मिल्दैन थियो। यी फरक फरक विषय हुन्। मेरो र सरकारको बुझाई यही हो। अहिले हामी नक्सा र सीमा रेखाको बारेमा बोलिरहेका छौं। राष्ट्रियताका विषयमा कुनै पनि नेपालीले यो मलाई चाहिँदैन, संशोधन गर्न हुँदैन भन्दैन। संविधानको  अन्य धारा चलाउँदा अरु नेपालीहरुको कुरा पनि आउलान्। राष्ट्रिय सहमति नजुट्लान्। जसलाई देशको सीमासँग जोड्न मिल्दैन। उहाँहरुले प्रदेशका सीमांकनदेखि संविधानका कतिपय धारा संशोधन गर्नुपर्ने भएकाले यो यसमा मिसाउन जरुरी थिएन।

संविधानलाई लिएर रहेको आन्तरिक असहमति पछि सम्बोधन गर्न सकिन्छ भन्नु खोज्नुभएको हो?
हाम्रो संविधान लचकदार छ। यो विषय आन्तरिक हो। आवश्यकताअनुसार संशोधन गरेर जाने भनैकै छौं। आन्तरिक कुराका बारेमा छलफल गर्न सकिन्छ। लचकदार संविधान हो, संशोधन गर्न सकिन्छ। तर, सीमाको कुरा अन्तर्राष्ट्रिय हो। यसलाई हामी बीचमा सहमति गरेर जहिले पनि गर्न सकिन्छ।  बसेर यसमा सहमति गर्न सकिन्छ। त्यसैले आन्तरिक असन्तुष्टि र सीमाका विषयलाई फरक रुपमा बुझ्नुपर्छ।

निशान छापभित्रको नेपालको नक्साका लागि संविधान संशोधन जरुरी छैन। यत्तिकै छापमा राखिदिए हुन्छ भनेर एकथरि संविधानविद्हरुले भनिरहेका थिए। कानुनी रुपमा संशोधन जरुरी रहेछ कि यसको अरु कुनै रणनीतिक अर्थ पनि छ ? 
यो संविधान संशोधन जरुरी नै परेर हो। निशान छापभित्र नेपालको नक्सा छ। त्यो सांकेतिक हो। डिटेलमा त देखिदैन, तर सांकेतिक भए पनि थोरै चुच्चो परेको देखिन्छ नै। आधिकारिक रुपमा संविधानले चिन्ने त्यहाँ राखेपछि हो।  संविधानले नचिनेपछि हामीले कसरी चिन्छौं? त्यसैले हामीले चिन्नका लागि संविधानले चिन्नुपर्छ। संविधानले चिन्ने बनाउनका लागि संशोधन जरुरी थियो।

विस्तृत अन्तर्वार्ता भिडिओमा हेर्नुहोस्ः

Xtrem

Xtrem

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७  ११:३२
  • #संविधान_संशोधन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
राष्ट्रपतिद्वारा संघीय संसदको चालू अधिवेशन अन्त्य बिहीबार, असोज १५, २०८३
‘निर्दलीय शैली, एकदलीय चरित्र, जरासन्धजस्तो सरकार’ : सांसद पोखरेल बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
बाढी प्रभावित क्षेत्रमा पुल निर्माणका लागि चीनले नेपाललाई दुई बेली पुलका सामग्री दियो बिहीबार, असोज १५, २०८३
संसद् अधिवेशन अन्त्यको निर्णय, राष्ट्रपतिलाई पत्र पठाइयो बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्