काठमाडौं- कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि तथा पशुपन्छी उपजहरुको ढुवानी र बिक्री वितरण गर्न नदिई जफत गरी नष्ट गरिएको समाचारहरुप्रति ध्यानाकर्षण भएको बताएको छ।
‘यस्ता कार्यहरुले कृषकको उपज खेर जाने मात्रे नभई कृषकहरुको मनोबल खस्कने, उत्पादन घट्ने र पुनः आयातकै भर पर्नुपर्ने अवस्था सिर्जना गराउँछ’, मन्त्रालयका सचिव राजेन्द्र प्रसाद भारीद्वारा जारी अनुरोधमा भनिएको छ।
केही दिनयता विभिन्न जिल्लामा उत्पादित तरकारी कोरोना संक्रमणको आशंकामा नष्ट गरिएको समाचार र भिडियोहरु सार्वजनिक भएका थिए।
कृषकहरुको उत्पादन सहज रुपमा ढुवानी र बिक्री वितरण हुने व्यवस्था मिलाउन मन्त्रालयले सम्बद्ध सबैलाई अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।