काठमाडौं- नेकपा अध्यक्ष पुष्पकमल दाहालले बाँकेको राप्ती सोनारी गाउँपालिका- २ मा भएको सवारी दुर्घटनाले स्तब्ध बनाएको बताएका छन्।
आइतबार राती भारतबाट मजदुरी गरेर फर्केर स्वदेश आउँनेक्रममा भएको सवारी दुर्घटनामा १२ जनाको घटनास्थलमै मृत्यु भएको हो।
घाइतेहरूको निःशूल्क स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्ने दाहालले बताएका छन्। यस प्रकारका सवारी दुर्घटना रोक्न सम्बन्धित सबै निकाय गम्भीर हुनुपर्ने दाहालको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।