• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

बजेट निर्माणको दबाब : लोकप्रिय बजेट लेख्न ‘स्पेस’ थियो?

64x64
सविन मिश्र सोमबार, जेठ १९, २०७७  १३:१७
1140x725
आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडा

काठमाडौं- चैत ११ गतेबाट सुरु भएको लकडाउन दुई/दुई हप्ता गर्दै बढाउन थालेसँगै अर्थतन्त्रमा त्यसको नाकारात्मक प्रभाव देखिन थालिसकेको थियो। चैतमा तिर्नुपर्ने आयकर र मूल्य अभिवृद्धि करको किस्ता तिर्न व्यवसायीलाई समस्या पर्दै थियो, चैत अन्तिममा प्रारम्भिक चरणको राहत कार्यक्रम ल्याइयो।

लकडाउन लम्बिँदै गयो, अर्थ व्यवस्था शिथिल भयो, रोजगारी गुम्न थाल्यो। सरकारले पर्याप्त राहत प्याकेज नल्याएको भन्दै आलोचना हुन थालेको थियो। भारतले २००० करोड भारुको प्याकेज घोषणा गरेको थियो भने अमेरिकाले २ ट्रिलियन डलरको।

यसैबीचमा नेपालमा आगामी आर्थिक वर्षको बजेटका लागि तयारी अघि बढिरहेको थियो। वैशाख मसान्तसम्म कोरोनाको ठूलो प्रभाव नदेखिएको अवस्थामा थालिएको बजेट तयारी जेठ १० गतेसम्म आइपुग्दा उल्लेख्य परिवर्तन भइसकेको थियो। यही अवस्थाका बीच अर्थतन्त्रलाई पुनर्जीवित गर्ने, राहतका एवं पुनरुत्थानका कार्यक्रम अघि बढाउने अवसर बजेटलाई नै मानियो।

संकुचित स्रोत तर ठूलो अपेक्षाका बीच अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट ल्याए। अर्थशास्त्रीहरुले खतिवडाको तेस्रो बजेट 'अनुमोदन' गरेका छन्। निजी क्षेत्रको मिश्रित प्रतिक्रिया छ।

कोरोनाको प्रभाव बढ्दै गए पनि सरकारले बजेट निर्माणका लागि कुनै एक बिन्दू समाउनैपर्ने थियो। आउँदो वर्षको सुरुबाट अवस्था सामान्य होला भन्ने आधारमा नै नयाँ बजेटका लक्ष्य निर्धारण गरिएका छन्, कार्यक्रम बनाइएका छन्। 'कोरोना प्रभाव कहिलेसम्म कस्तो रहन्छ भन्ने अनुमान कसैले गर्न नसक्ने भयो, यसबीचमा हामीले साउनसम्ममा अवस्था सामान्य होला र आर्थिक क्रियाकलाप सुरु हुन सक्छन् भन्ने अनुमानकै आधारमा बजेट बनाएका हौं,' अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सहसचिव धनिराम शर्माले भने।

विगतमा स्रोतको अवास्तविक प्रक्षेपण गर्दै बजेटको आकार ठूलो बनाउने पनि गरिएको थियो। तर यो वर्ष आफूहरुले यथार्थमा आधारित बजेट लेखेको शर्मा बताउँछन्। 'चालु वर्षको संकलनभन्दा २२ प्रतिशत धेरै राजस्व प्रक्षेपण गरिएको छ, जुन अवास्तविक भन्न मिल्दैन,' उनले भने, 'वैदेशिक सहायतामा पनि हामीले कुनै मन्त्रालयलाई दबाब दिएका छैनौं। सबैभन्दा महत्त्वपूर्ण कुरा १ खर्ब १७ अर्ब रूपैयाँ बजेट सहयोग आउँदैछ।'

बजेटमाथिको टिप्पणीका क्रममा केहीले यो बजेटलाई महत्त्वाकांक्षी र केहीले यथार्थपरक भनेका छन्। केही अर्थशास्त्रीहरुले जटिल अवस्थाको परम्परागत बजेट भनेर पनि टिप्पणी गरेका छन्। लोकप्रिय बजेट बनाउने अवस्था थियो? यसमा शर्माको जवाफ छ, 'बजेट बनाउँदा स्रोत हेर्ने हो, स्रोत संकुचनमा परेको यथार्थ सबैलाई थाहा छ। अर्कोतर्फ हाम्रो खर्च गर्ने संयन्त्र पनि हेर्नुपर्‍यो।' 

सरकारले आउँदो वर्ष २ खर्ब २५ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ। यसले बजारलाई दबाब सिर्जना गर्न सक्नेतर्फ मन्त्रालय सचेत रहेको उनको भनाई छ। 'हामीले खर्च गर्न नसक्ने तर बजारबाट पैसा तान्ने अवस्थामा मात्रै आयो भने निजी क्षेत्रले लगानीयोग्य रकम नपाउन सक्छ,' उनले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

विगतमा वित्तीय संघीयताको मर्म नबुझेको भन्दै आलोचित हुने संघीय सरकारले यसपटक तल्ला तहको अनुदान बढाएको छ। अझ कृषि मन्त्रालयको सशर्त अनुदान तल जान बाँकी छ। कृषि मन्त्रालयले ल्याएको २०० तहमा खाद्य भण्डार बनाउने कार्यक्रमको पैसा अहिले हस्तान्तरण भएको छैन। 

कृषिलाई नै प्राथमिकता दिँदै सरकारले मलमा दिने अनुदान बढाएको छ। चालु वर्ष मलमा ९ अर्ब रूपैयाँ अनुदान दिइएकोमा आगामी वर्ष बढाएर ११ अर्ब पुर्‍याइएको छ। प्रत्येक स्थानीय तहमा कृषि र पशु प्राविधिकको व्यवस्था गरिएको छ। 'कृषि मन्त्रालयले अब कहाँ प्राविधिक पठाउनुपर्ने हो र कुन स्थानीय तहमा भण्डारण कक्ष बनाउने हो त्यसको तय गर्नुपर्छ,' उनले भने, 'त्यसपछि हामी बजेट हस्तान्तरण गरिदिन्छौँ।' 

स्थानीय तहमा भण्डारण कक्ष निर्माणको योजनाले उत्पादित बजारलाई बजारसम्म जोड्न सहयोग गर्ने सरकारको विश्वास छ। जसका कारण किसानले आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गर्ने र मूल्यवृद्धि नियन्त्रणमा पनि सहयोग पुग्ने सरकारी विश्वास छ। 

सरकारले वित्तीय हस्तान्तरण सशर्त, समपूरक र विशेष अनुदान ६५.५९ प्रतिशतले बढाएको छ। प्रतिबद्ध खर्चले चालु खर्च केही बढाएको भए पनि सञ्चालन तथा कार्यक्रम खर्च २७.९२ प्रतिशतले घटाइएको छ। सशर्त चालु अनुदान पनि ९.५ प्रतिशतले घटाइएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

चालु अवस्थामा रहेका आयोजनाबाहेकमा पैसा बढाइएको छैन। 'हरेक मन्त्रालयसँग छलफलमा टुंगो लागेको भन्दा बजेट थप गरिएको छैन, त्यसले बजेट खर्चलाई यथार्थ बनाउन सहयोग गर्छ,' शर्माले भने। सरकारले यसपटक तलबसँग जोडिएकाबाहेक सरकारी कर्मचारीको सुविधा कटौती गरिदिएको छ।

सरकारले यसपटक ७ लाख रोजगारी सिर्जनाको लक्ष्य राखेको छ। नियमित विकासका कामबाहेक नै रोजगारी सिर्जना उच्च हुने सरकारको अनुमान छ। प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २ लाख तथा अन द जब ट्रेनिङको नयाँ अवधारणा अघि बढाइएको छ। तीन महिना दिइने यस्तो तालिमको ५० प्रतिशत सरकारले व्यहोर्ने लक्ष्य राखिएको छ। यसले भारतीय नागरिकले पाइरहेको रोजगारी नेपालीबाटै विस्थापित गर्ने सरकारको योजना छ। 

प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७  १३:१७
  • #बजेट_२०७७_७८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार शनिबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैस... शनिबार, असोज ३१, २०८३
अर्थमन्त्री वाग्ले विदेश भ्रमणमा, कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्ने प्रस्ताव अलपत्र निष्क्रिय कम्पनीलाई कम्पनी ऐनअनुसार सरकारले स्वतः बन्द गर्न सक्छ। तर, नचलेका कम्पनी बन्द गर्ने नाममा करलगायतका खर्चका साथै अनावश्यक... शुक्रबार, असोज ३०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ शनिबार, असोज ३१, २०८३
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ शनिबार, असोज ३१, २०८३
पत्रकार श्रेष्ठ र पन्तबीच साइबर ब्युरोमा छलफल जारी शनिबार, असोज ३१, २०८३
अजय देवगनको बंगलामा बीएमसीको डोजर, अवैध निर्माणको हिस्सा भत्काइयो शनिबार, असोज ३१, २०८३
कांग्रेस सभापति गगन थापाले लिए शपथ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्