काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गत प्राप्त हुने सहयोग विगत तीन वर्षदेखि बजेटमा उल्लेख भएको र चालु वर्षमा पनि त्यसले निरन्तरता पाएको बताएका छन्।
बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले विगतदेखिकै बजेटमा समावेश विषयलाई यसपटक बजेटमा निरन्तरता दिइएको स्पष्ट गरेका छन्।
मन्त्री खतिवडाले संसदले एमसिसी अनुमोदनको विषय संसदमा विचाराधीन रहेको र संसदले निर्णय नगरुञ्जेलसम्म यो विषय यथावत रहने पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।