काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातको प्रणालीलाई विद्युतीय बनाउने सरकारको प्रतिवद्धताअनुसार त्यसमा भन्सार सहुलियत कायमै राखिएको बताएका छन्। उनले निजी क्षेत्रले पनि यसमा काम गर्नुपर्ने उल्लेख गरे।
संसदमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले विलासिताका साधनमा करको दर परिवर्तन गरिएको बताए। 'पहिले एकै दर कायम गर्ने गरिएको थियो, अहिले ६ वटामा वर्गीकरण गरिएको छ,' उनले भने, 'तदअनुरूप वर्गीकरण गरिएको छ। अहिले पनि भन्सार महसुल ५० प्रतिशत कम छ।'
उनले विदेशी मुद्राको अस्वाभाविक खर्च बढ्न नदिन पनि यो निर्णय लिइएको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।