काठमाडौं- थप ७५ मा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा सोमबार बिहान जारी सूचना अनुसार थप ७५ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै कर्णाली प्रदेशमा मात्रै संक्रमितको संख्या १ सय ९८ पुगेको छ।
सूचना अनुसार, प्रदेश अस्पताल, सुर्खेत/ पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा ३२ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा ४३ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमितहरु दैलेख, सल्यान, सुर्खेत, जुम्ला जिल्लाका छन्
कर्णाली प्रदेशमा संक्रमित थपिएसँगै देशभर १६ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।