काठमाडौं-पौडी खेल्ने क्रममा आइतबार दोलालघाटस्थित नदीमा २ युवक बेपत्ता भएका छन्। भुम्लु ८ स्थित सुनकोसी र इन्द्रावती दोभानमा भक्तपुर नगरपालिका ६ का २१ वर्षिय सुजन दुलाल र सोहि स्थानका २२ वर्षिय दिनेश दुलाल बेपत्ता भएका हुन्।
उनीहरुको खोजि कार्य भै रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए। उनीहरु साथीहरुसँग दोलालघाट घुम्न गएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।