काठमाडौं- बाँकेको राप्तीसोनारी- २ स्थित पूर्वपश्चिम राजमार्गको मुगुवा खोला नजिक गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। ११ जनाको घटना स्थलमै र एकजनाको उपचारको क्रममा मृत्यु भएको बताइएको छ।
दुर्घटनामा परी अन्य २१ जना पनि घाइते भएका छन्।
भारतबाट नेपाल प्रवेश गरेका मजदुरहरुलाई लिएर नेपालगन्जबाट सल्यान जाँदै गरेको ना ५ छ ५९९५ को फोर्स गाडी राती १२ बजेतिर ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको हो।
दुर्घटनामा १२ जनाको मृत्यु भएको र २१ जना घाइते भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले जानकारी दिए। घाइते सबैको भेरी अस्पतालमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।