• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन १३, २०८३ Wed, Jul 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संविधान संशोधन प्रस्ताव : अबको प्रक्रिया के हुन्छ?

64x64
दुर्गा दुलाल सोमबार, जेठ १९, २०७७  ०८:३९
1140x725
संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्दै मन्त्री शिवमाया तुम्बाहाङ्फे

काठमाडौं- संविधानको अनुसूची-३ मा उल्लेखित निशान छापमा नेपालको नक्सा सच्याउन सरकारले संविधान संशोधन प्रस्ताव जेठ १० गते संसद् सचिवालयमा दर्ता गरायो। सचिवालयमा दर्ता भएको प्रस्तावलाई जेठ १४ गते प्रतिनिधिसभामा पेस गर्ने कार्यसूची थियो। तर अन्तिम समयमा आएर सरकारले दलहरुबीच सहमतिको प्रयास भइरहेको जानकारी गराएपछि उक्त प्रस्ताव कार्यसूचीबाट हटाइएको थियो।

सोही प्रस्तावलाई आइतबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्वाहाम्फेले प्रतिनिधिसभामा पेश गरेकी छन्। प्रस्तावमा विरोधको सूचना नआएकाले प्रस्तावमा पेश गर्न सभामुख अग्निप्रसाद सापकोटाले अनुमति दिएका थिए। योसँगै संविधान संशोधन प्रस्तावले औपचारिक रुपमा संसद्‍मा प्रवेश पाएको छ। संसद्‍बाट पारित भएर राष्ट्रपति कार्यालयबाट प्रमाणीकरण भएपछि मात्र यसले संविधानको अंगको रूप लिनेछ। 

के हुन्छ अबको प्रक्रिया?

कानुनमन्त्री तुम्वाहाम्फेले अबको बैठकमा संविधान संशोधनमाथि ‘विचार गरियोस्’ भनी प्रस्ताव पेश गरेपछि सैद्धान्तिक छलफल प्रारम्भ हुनेछ। त्यसपछि उक्त विधेयकमाथि सांसद्‍ले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनेछन्। मन्त्रीको जवाफपछि सैद्धान्तिक बहस सकिन्छ। सैद्धान्तिक छलफलपछि मात्र उक्त विधेयक संसद्‍बाट संशोधनका लागि योग्य हुन्छ।

संसद्‍ले संशोधन प्रस्ताव दर्ता गर्न ७२ घन्टाको समय दिने व्यवस्था छ। संशोधन प्रस्ताव संसद् सचिवालयमा दर्ता हुनेछ। संशोधन दर्ता भएपछि समितिमा पठाउने वा संसदमा छलफल गर्ने विषयमा पुनः छलफल हुन्छ। विधेयकमा धेरै सांसदले संशोधन दर्ता गरे समितिमा पठाउने र यदि गरेनन् भने सिधै प्रतिनिधिसभामा पेश गरी पारित गर्ने प्रक्रिया सुरु हुनेछ।

समितिमा गएमा त्यसमा लामो समय लाग्नेछ। उपसमिति गठनदेखि सहमतिका लागि छलफल हुनेछ। सहमति नभएमा बहुमतले प्रतिवेदन तयार गर्ने काम हुन्छ। त्यसपछि समितिले प्रतिवेदन संसदमा पेश गर्नेछ।

समितिमा नगएमा संसदमा पेश गरी दफावार छलफल गरिनेछ। समितिमा लाने वा संसदमा सिधै पेश गर्ने भन्ने कुरा सरकारको निर्णयमा भर पर्छ। संविधानको अनुसूची सच्याउने विषयमा दलहरुबीचमा मतभेद नरहेकाले यो विधेयक संसदीय समितितर्फको प्रक्रियामा प्रवेश नगर्ने अपेक्षा गरिएको छ।

यदि समितिमा प्रवेश गरेमा समितिले रायसहित पेश गरेको प्रतिवेदनमाथि पुनः संसदमा सांसदहरुले आफ्नो धारणा राख्नेछन्। सांसदहरुको धारणापछि समितिको सभापतिले जवाफ दिनेछन्। उक्त प्रक्रिया पूरा भएपछि कानुनमन्त्रीले विधेयक पारित गर्नका लागि सदनमा प्रस्ताव पेश गर्नेछन्। समितिको प्रतिवेदन पेश भएकै दिन वा त्यसको अर्को बैठकमा यस्तो प्रक्रिया अवलम्बन गरिने व्यवस्था हुन्छ।  

nimb
nimb
Ncell 2
Ncell 2

प्रतिनिधिसभाबाट पारित भएपछि संशोधन विधेयक राष्ट्रियसभामा पठाउने प्रक्रिया छ। राष्ट्रियसभामा सांसदहरूले छलफल गरी आफ्नो धारणा राख्नेछन्। उक्त धारणामा कानुनमन्त्रीले जवाफ दिएपछि विधेयक माथिल्लो सदन (राष्ट्रियसभा)बाट समेत पारित हुनेछ। माथिल्लो सदनबाट पारित भएपछि विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष सिफारिस गरिन्छ। राष्ट्रपतिले प्रमाणीकरण गरेर राजपत्रमा प्रकाशित भएपछि त्यसको कार्यान्वयन सुरु हुनेछ।

यो नियमित प्रक्रियाबाट ऐन बन्ने कार्यविधि हो। यसका लागि कम्तीमा एक महिनाको समय लाग्नेछ।

'फास्ट ट्र्याक'बाट काम भए अझ चाँडो

संविधान संशोधनको यो प्रक्रियालाई फास्ट ट्र्याकमार्फत अघि बढाइएने सम्भावना पनि छ। यो विधेयकका हकमा समितिमा जाने र संशोधनमाथि छलफल गर्नेु नपर्ने अपेक्षा गरिएको छ। सबै दलहरु यसमा एकमत भएकाले यो प्रक्रिया फास्ट ट्र्याकबाट अघि बढ्ने अपेक्षा गरिएको हो।

सरकारले चाहेमा ‘फास्ट ट्रयाक’बाट प्रक्रिया अघि बढ्न सक्छ। उक्त प्रक्रियामा नियमावलीका केही व्यवस्था निलम्बन गर्नुपर्ने हुन्छ। संशोधन र परिपक्व हुन लाग्ने समय निलम्बन गर्दै सरकार र विपक्षी दलको सहमतिमा एक सातामा पनि ऐन जारी गर्न सकिन्छ। 

नियम निलम्बन गरेर १–२ दिनमै परिपक्व भएपछि संशोधनमाथि निर्णय गर्ने प्रक्रिया सुरु हुन्छ। संशोधनमा सिमित सांसदहरुले प्रश्न गर्ने र मन्त्रीले जवाफ दिने काम हुन्छ। मन्त्रीको जवाफपछि विधेयकमाथिको सैद्धान्तिक छलफल समाप्त हुन्छ। यो छलफल समाप्त भएपछि विधेयक पारितको प्रक्रिया सुरु हुन्छ। यो कार्य गर्नका लागि एकै दिनमा दुई वा सो भन्दा धेरै पटक बैठक राखेर काम गरिन्छ। 

सभामुखले निर्णयका लागि विधेयकको नाम, प्रस्तावना र अन्य सबै पारित गराउनेछन्। लगत्तै राष्ट्रियसभामा कार्यसूचीमा उक्त विधेयक पेस हुनेछ। राष्ट्रियसभामा पनि नियम निलम्बन गर्दै तीन दिनमा विधेयक पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुग्नेछ। राष्ट्रपति कार्यालयले सोही दिन प्रमाणीकरण गर्दै राजपत्रमा प्रकाशित गराउन पठाउने छिन्। यी प्रक्रिया पूरा गरेपछि संविधानमा नयाँ चुच्चे नक्सासहितका निसाना छाप हुनेछ। पुरानो प्रचलनमा रहेको नक्सा प्रतिस्थापन हुँदै नयाँ निसाना छाप बन्ने छ।

यो पनि पढ्नुहोस्

संविधान संशोधनका लागि राजपत्रमा सूचना प्रकाशितआइतबार, जेठ १८, २०७७

विधेयक फास्ट ट्र्याकमा जान्छ त? 
संविधान संशोधन विधेयक दलहरुका बीचमा कुनै मतभेद नभएकाले तीव्र गतिमा पारित हुन सक्ने पनि देखिन्छ। दलहरु पारित गर्न सहमत भएको र थप संशोधन आवश्यक नभएकाले यसलाई फास्ट ट्र्याकमा पारित गर्न कानुनमन्त्री तुम्बाहाङ्फेले सचिवालयसँग छलफल पनि सुरु गरेकी छन्।

संसद् सचिवालयका अनुसार सबै दल एक ठाउँमा भएकाले यसलाई एक साताभित्रै पारित गर्ने विषयमा कानुनमन्त्रीले छलफल गरेकी थिइन्। संसद् सचिवालयले कार्य व्यवस्थामा सहमति गरेमा नियम निलम्बन गरेर संशोधनलगायत अन्य प्रक्रिया छोटो गरेर पारित गर्न सकिने सुझाव पनि दिएको थियो।

संसद् सचिवलयका प्रवक्ता रोजनाथ पाण्डेले विधेयक कुन विधिबाट पारित गर्ने दलहरुको सहमतिमा हुने भएकाले सचिवालय सोहीअनुसार प्रक्रिया अवम्लबन गर्न तयार रहेको बताए।

यो पनि पढ्नुहोस्

संविधान संशोधन प्रस्ताव संसदमा पेशआइतबार, जेठ १८, २०७७

अब फास्ट ट्र्याकमा जान्छ : कानुनमन्त्री
फास्ट ट्र्याकमा संविधान संशोधन प्रस्ताव पारित हुने कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फे बताइन्। यसका लागि राजपत्रमा सूचना निकाल्ने र ३० दिनभित्र सार्वजनिक गर्ने व्यवस्था मिलाइसकिएको उनले बताइन्।

पत्रपत्रिकामा प्रकाशन भएपछि प्रतिनिधिसभाको नियम निलम्बन हुने उनले बताइन्।

प्रतिनिधि सभाको नियम निलम्बन गर्न दलहरु तयार नै रहेको उनले बताइन्। यी सबै प्रक्रिया गरेर बढीमा एक सातामा संविधान संशोधन प्रस्ताव पारित हुनेछ। प्रतिनिधिसभामा नियम निम्लबन भएमा राष्ट्रियसभाले पनि सोही प्रक्रिया अवलम्बन गर्नेछ।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७  ०८:३९
  • #संविधान_संशोधन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष सरकारलाई दिएको समर्थन फिर्... मंगलबार, साउन १२, २०८३
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाहीको दाबी पेस उनलाई नेकपा एमालेले समर्थन गरेको छ । दाबी पेस कार्यक्रममा एमालेबाट प्रमुख सचेतक टेकराज पछाई सहभागी थिए । मंगलबार, साउन १२, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिए... सोमबार, साउन ११, २०८३
ताजा समाचारसबै
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
संयमता अपनाउन सरकारको अपिल मंगलबार, साउन १२, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
सुनसरी घटना : सुरक्षा प्रमुखसहरुसहित गृहमन्त्रालयमा छलफल सुरु मंगलबार, साउन १२, २०८३
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा मंगलबार, साउन १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्