काठमाडौं- इंग्ल्याण्डसँगको तीन खेलको टेस्ट सिरिजका लागि क्रिकेट वेस्ट इन्डिज सैद्धान्तिक रुपमा तयार भएको छ। त्यसका लागि खेलाडी र पदाधिकारीहरुले ५० प्रतिशत तलब कम लिनुपर्ने भएको छ।
आउँदो हप्ता इंग्ल्याण्ड क्रिकेट बोर्डले नयाँ खेल तालिका पनि सार्वजनिक गर्ने तयारी गरिरहेको छ। तर इंग्ल्याण्ड र वेस्ट इन्डिजबीचको सिरिज जुलाई ८ मा सुरु हुने तय छ। खेलहरु वल्र्ड ट्राफोर्डमा बन्द रंगशालामा हुनेछन्।
यसका साथै वेस्ट इन्डिजका खेलाडीहरु इंग्ल्याण्ड पुगेपछि १४ दिनको क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको छ। क्रिकेट वेस्ट इन्डिजले अहिले सैद्धान्तिक रुपमा तयार भए पनि अवस्था हेरेर स्वास्थ्य टिमको सल्लाहका आधारमा थप निर्णय लिइने बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।