• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ ६, २०८२ Tue, Jan 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

संकटको समयमा कसरी हुन्छ क्रिकेट?

64x64
नेपाल लाइभ आइतबार, जेठ ११, २०७७  १३:५६
1140x725

काठमाडौं- कोरोना भाइरस (कोभिड १९) को माहामारीबाट बाहिर निस्कन र सामान्य जीवनमा फर्कन खेल गतिविधिहरु पनि सुरु हुन थालेका छन्। यसैले अहिलेको परिस्थितिमा क्रिकेट सुरु गर्दा पालन गर्नुपर्ने विषयलाई लिएर अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले केही नियम बनाएको छ। 

संकटको समयबाट अगाडि बढ्दै गर्दा विभिन्न घरेलु क्रिकेटदेखि अन्तर्राष्ट्रिय क्रिकेट खेलसम्म कसरी खेलाउन सकिन्छ भन्नेबारेमा आइसिसीको चिकित्सकीय सल्लाहकार समितिले केही नियमहरु बनाएको हो। 

उक्त निमयहरुले खेल कहिले सुरु गर्न सकिन्छ भन्नेबारे केही नबताए पनि खेल सुरु हुँदा कसरी गर्ने भन्ने खाँका कोरेको छ। आइसिसीले आफूसम्बद्ध सबै देशहरुलाई उक्त निमयको पालना गर्नसमेत भनेको छ। 

जसमा खेलाडी र अफिसियललाई मैदान र मैदानबाहिर पनि शारीरिक दुरी बनाउन आग्रह गरिएको छ। यसअघि जस्तो खेलाडीले आफ्ना स्वेटर, क्याप टोपी, चस्मा जस्ता बस्तुहरु अम्पायरलाई बोक्न दिन पाउने छैनन्। खेलाडीले बल छोएपछि सेनिटाइजरले हात सफा गर्नुपर्नेछ। अम्पायरले हरसमय ग्लोब्स लगाएर नै बस्नुपर्नेछ। 

खेलको दौरान मात्र होइन अभ्यासका बेलामा पनि यी नियमहरुको पालना गर्नुपर्नेछ। त्यसका साथै ‘सेलिब्रेसन’का समयमा पनि शारीरिक दुरी बनाउन भनिएको छ। खेलाडीहरुले पानीका बोतल, रुमाल या यस्ता अरु कुनै पनि बस्तु एकअर्काले मिलेर प्रयोग गर्न पाउने छैनन्। 
विशेष गरी बलमार्फत नै भाइरसको संक्रमण हुन सक्ने हुँदा बल आफूसँग भएको समयमा पूरा सावधानी अपनाउन र बललाई अनावश्यक रुपमा ‘ह्यान्डल’ नगर्न समेत भनिएको छ। बल छोएको समयमा आँखा, मुख र नाकमा हात नलग्न भनिएको छ। बल छोएपछि सेनिटाइजर लगाउन अनिवार्य गरिएको छ। 

खेलको दौरान मैदानमा हुने सबैको पहिले नै कोरोना भाइरस (कोभिड १९) को परीक्षण गरिने बताइएको छ। यदि कसैमा खतरा देखिएमा आइसोलेसनमा बस्नुपर्ने बताइएको छ। खेलाडीसँगसँगै विशेष गरी अम्पायर र अन्य पदाधिकारीले पनि यी सबै नियमको पालना गर्नुपर्ने आइसिसीले जनाएको छ।

यी केही आइसिसीले पालन गर्नुपर्ने नियममा राखेका महत्वपूर्ण विषयहरु हुन्। जसलाई कुनै पनि देशमा क्रिकेट हुँदा उक्त देशको सरकारले भनेका नियमका साथै यी निमयहरु पालना गर्नुपर्ने हुन्छ। 

Ncell 2
Ncell 2

अभ्यासका दौरानमा पनि खेलाडीहरुलाई धेरै समय अभ्यासमा नबिताउन भनिएको छ। विशेष गरी बलरहरुका लागि कामको चाप पर्ने हुँदा उनीहरुले निश्चित समयका लागि मात्र अभ्यास गर्नुपर्ने बताइएको छ। 

विशेष गरी लामो समय खेलबाहिर रहेकाले एक्कासी अभ्यासमा फर्कंदा बलरको हड्डीमा समस्या आउन सक्ने खतरा रहेको समेत बताइएको छ। यसैले खेलका लागि जाँदा अतिरिक्त खेलाडीको संख्या बढाउन पनि भनिएको छ। खेलमा जानुअघि बलरका लागि टेस्ट क्रिकेटका लागि आठदेखि १२ हप्ता, एकदिवसीयका लागि ६ हप्ता र टी २० का लागि पाँचदेखि ६ हप्ता अभ्यास गर्नुपर्ने बताइएको छ। 

गएको बिहिबारदेखि इंग्ल्याण्डले क्रिकेट अभ्याससमेत सुरु गरिसकेको छ। जसमा १८ जना बलर सामेल छन्। वेस्ट इन्डिजसँगको तीन खेलको टेस्ट सिरिजका लागि इंग्ल्याण्डले अब कम्तिमा सात हप्ता अभ्यास गर्नेछ। सिरिज जुलाई ८ मा सुरु गर्ने गरी तयारी भइरहेको छ। अहिले श्रीलंकाले पनि अभ्यासको तयारी सुरु गरिसकेको छ। 

आइसिसीले यस्ता नियमहरु ल्याए पनि खेलाडी नै भने यो अप्ठ्यारो परिस्थितिमा कसरी खेल्न सकिन्छ भन्नेमा विश्वस्त छैनन्। बंगलादेशका अनुभवी क्रिकेटर सकिब अल हसनले सार्वजनिक रुपमा नै अप्ठ्यारो समयका कसरी सुरक्षित रुपमा खेल्ने भनेर प्रश्न उठाएका छन्। 

‘अहिले सुनिएअनुसार कोरोना भाइरस १२ फिटको दुरीसम्म सर्न सक्छ, त्यसो हो भने दुई ब्याट्सम्यानले ओभरको बीचमा कुराकानी गर्न नहुने हो? उनीहरु आफ्नै क्रिजपट्टी बसिरहनु पर्ने हो? स्पीन बलिङमा पनि विकेटकिपर विकेटको नजिकै बस्नु नहुने हो? फिल्डरहरु नजिकै बस्नुपर्ने अवस्थामा के गर्ने? कतिपय विषयहरु छलफल गर्न बाँकी नै छ’ सकिबले भनेका छन्। 

सकिबले हरेक विषयमा विश्वस्त नभई आइसिसीले खेल गर्ने अनुमति दिन पनि नहुने बताएका छन्। ‘मलाई लाग्छ सबै कुरामा यकिन नभइ आइसिसीले खेल गर्ने अनुमित दिने छैन। अवस्था जेसुकै होस् पहिले त जीवन नै आउँछ, त्यसैले मलाई लाग्छ स्वास्थ्य सुरक्षाका सबै कुरामा विचार गरिने छ’ उनले भनेका छन्। 

अहिले क्रिकेटबाट एक वर्षको प्रतिबन्धमा रहेका सकिबले आफू मैदान फर्कन पाउने दिन गनेर बसिरहेको पनि बताएका छन्। 
 

प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  १३:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी
रास्वपाकी सोबिता गौतमले चितवन- ३ मा दर्ता गराइन् उम्मेदवारी
सम्बन्धित सामग्री
महिला टी–२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित टस हारेर पहिले ब्याटिङ गरेर नेपालले दिएको १२३ रनको झिनो लक्ष्य थाइल्यान्डले मात्र १६ दशमलव ५ ओभरमा २ विकेटको इतिमा पूरा गर्‍यो । थाइ... आइतबार, माघ ४, २०८२
महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपालले थाइल्यान्डलाई दियो १२३ रनको लक्ष्य नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन् । सम्झना खड्काले ११ बलमा २६ रन बनाइन् । रुबिना क्षेत्रीले दुई छक्का र एक चौकासहित १... आइतबार, माघ ४, २०८२
टी-२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ आगामी फेब्रुअरी-मार्चमा श्रीलंका र भारतमा हुने विश्वकपमा सहभागी हुनु अघि टोलीले अभ्यास खेल खेल्नेछ । शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल मंगलबार, माघ ६, २०८२
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी मंगलबार, माघ ६, २०८२
रास्वपाकी सोबिता गौतमले चितवन- ३ मा दर्ता गराइन् उम्मेदवारी मंगलबार, माघ ६, २०८२
निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण मंगलबार, माघ ६, २०८२
उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ ९ गते गरिने मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्