चितवन- भरतपुर महानगरपालिका–३ बेल्चोकस्थित आफ्नै घरको छतबाट खसेर आज एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार ६५ वर्षीय गोविन्द कँडेलको तीन तलामाथिको छतबाट खसेर मृत्यु भएको हो।
उच्च रक्तचापको समस्या भएका कँडेल छतको रेलिङ समाएर उभिँदै गर्दा अकस्मात् खसेको प्रहरीले जनाएको छ। छतबाट खसेर गम्भीर घाइते भएका कँडेलको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।