• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपामा एमसिसी पेचिलो बन्दै

64x64
वीरेन्द्र ओली आइतबार, जेठ १८, २०७७  १४:५५
1140x725
फाइल फोटो: नेकपा कार्यदलले एमसिसी अध्ययन प्रतिवेदन बुझाउँदै

काठमाडौं- शनिबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा आगामी आर्थिक वर्षको बजेटको अनुसूचीमा समेटिएको एमसिसी पास गरेर जाने निर्णय गरेको छ। यदि संसदबाट एमसिसी पारित हुन नसक्ने अवस्थामा एमसिसीमा समेटिएका कार्यक्रमलाई विकल्प खोजी गरी कार्यान्वयनमा जाने सहमति भएको हो।

एमसिसीको बजेटलाई लिएर नेकपामा विवाद बढ्दै गएपछि थप पेचिलो हुँदै जाने देखिएको छ।

सरकारले बिहीबार प्रस्तुत बजेटमा एमसिसीबाट आगामी आर्थिक वर्ष २०७७/७८ मा ५ अर्ब ७२ करोड रुपैयाँ परिचालन गर्ने लक्ष्य राखिएको छ। बजेटको बाह्य ऋण तथा अनुदानतर्फको स्रोतमा एमसिसीबाट सोझै भुक्तानी हुनेगरी उक्त रकम प्राप्त हुने अनुमान गरिएको छ। एमसिसीको बजेट समेटिएको सार्वजनिक भएपछि नेकपामा विवाद चुलिएको थियो। लगतै शनिबार सचिवालय बैठक बोलाएर एमसिसीका विषयमा निर्णय गर्न अर्को सचिवालय बैठक बोलाउने सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

प्रधानमन्त्री केपी ओलीले एमसिसीका कार्यक्रम यसभन्दा अघि नै लागू भएकाले त्यसैको निरन्तरता अनुरुप बजेटमा आएको स्पष्टीकरण दिएका थिए। संसदबाट पारित नभएको अवस्थामा एमसिसी बजेटमा समेटिनुको नियत ठीक नभएको कतिपय नेताहरुले आशंका थियो।

प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री युवराज खतिवडाले एमसिसीको बजेट ढोकाबाट प्रवेश गराउन नसकेपछि जस्केलाबाट छिराउन खोजेको एक सचिवालय सदस्यले बताए। ‘हामीले एमसिसीमा भएका कानुनी व्यवहारिक पक्षलाई संशोधन गर्न माग गरेका थियौं। प्रधानमन्त्रीज्यूले संशोधन गर्न मान्नुभएको थिएन’, ती सचिवालय सदस्यले भने, ‘एमसिसी ढोकाबाट छिराउन नसकेपछि जस्केलाबाट छिराउने काम गरियो। हामीले जस्केलाबाट पास गर्न खोजिएको एमसिसी तत्काललाई रोकेका छौं।’

एमसिसीको बजेटलाई लिएर नेकपामा ध्रुबीकरण भएको छ। एमसिसीको पक्षमा सचिवालयमा प्रधानमन्त्री ओली, ईश्वर पोखरेल र विष्णु पौडेल मात्रै छन्। अर्का अध्यक्ष प्रचण्ड, नेताहरु झलनाथ खनाल, माधव नेपाल सहितका ६ जना एमसिसी संशोधन गरेर मात्रै संसदबाट पारित गर्नुपर्ने पक्षमा छन्।

नेकपामा एमसिसीः घुम्दै फिर्दै रुम्जाटार
नेकपामा एमसिसी घुम्दै फिर्दै रुम्जाटार भनेजस्तै सचिवालयबाट सुरु भएको बहस स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीपछि फेरि सचिवालयमा आएको छ। यसअघि एमसिसी इन्डोप्यासेफिक रणनीति अन्तगर्तत भएको नभएको भन्ने बहसले निकै चर्चा पाएको थियो।

सचिवालयमा धेरै बहस छलफल भएपछि गत मंसिर २९ गते एमसिसीलाई स्थायी कमिटी बैठकमा प्रवेश गराइएको थियो। स्थायी कमिटीले निर्णय गर्न नसकेपछि १५ माघदेखि १९ सम्म बसेको केन्द्रीय कमिटी बैठकमा पेश गराइएको थियो। केन्द्रीय कमिटी बैठकले एमसिसीका विषयमा अध्ययन गर्न झलनाथ खनालको नेतृत्वमा प्रदीपकुमार ज्ञवाली र भीम रावल रहने गरी माघ २० मा सदस्यीय कार्यदल गठन गरिएको थियो। कार्यदलले गत फागुन ९ गते अध्यक्ष ओली प्रचण्डलाई प्रतिवेदन बुझाइएको थियो। कार्यदलले एमसिसीमा भएका कानुनी र केही व्यवहारिक पक्षलाई संशोधन गरेर मात्रै संसदबाट पारित गर्नुपर्ने सुझाब दिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

पार्टीमा विवाद बढ्दै गएपछि गत वैशाख २१ गते एमसिसी कार्यदलको प्रतिवेदन सार्वजनिक भएको थियो।

झण्डै वर्ष दिन पुग्न थालेको एमसिसीको बहस फेरि सचिवालयमा लगेर छलफल गर्ने सहमति भएको छ। तर, एमसिसीको विषय सकेसम्म केन्द्रीय कमिटी नभए स्थायी कमिटीमा छलफल हुनुपर्ने नेता पम्फा भुसालले माग गरिन्। ‘राष्ट्रको यति महत्वपूर्ण प्रोजेक्टमा पार्टीमा बहस छलफल हुनु अत्यन्तै राम्रो हो, हुनुपर्छ’, भुसालले भनिन्, ‘एमसिसीको विषयमा सकेसम्म केन्द्रीय कमिटी नभए स्थायी कमिटीमा छलफल गरेर निर्णय गराई कार्यन्वनमा जानुपर्छ।’

आगामी असार १५ भित्रै संसदबाट साधारण बहुमतबाट पारित गर्नुपर्ने एमसिसी सत्तारुढ नेकपाभित्रै रुमलिएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस एमसिसी संसदबाट पारित गराउन सबैभन्दा धेरै हतारिएको छ। कांगेस सभापति शेरबहादुर देउवाले  सरकारले संसदबाट एमसिसी पारित गराउन आलटाल गरेको आरोप समेत लगाइसकेका छन्।

एमसिसी संसदबाट पारित गर्ने वा नगर्ने विषय नेकपा र त्यसमा पनि प्रधानमन्त्री ओलीका निम्ति चुनौतीपूर्ण देखिएको छ। पछिल्लो समय पार्टीमा कमजोर हुँदै गएका ओलीले पार्टीबाट सर्वसम्मत निर्णय नगराई संसदबाट पारित गराउन सक्ने सम्भावना कम छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एमसिसीबारे स्पष्ट हुन पटकपटक छलफल
अमेरिकी आर्थिक सहयोगमा सञ्चालिन एमसिसीकै विषयलाई लिएर नेकपा नेताहरु अनौपचारिक रुपमा दर्जनौंपटक सम्बन्धित क्षेत्रका विज्ञसँग भेटघाट र छलफल गरिसकेका छन्। औपचारिक रुपमा कार्यदलका सदस्य समेतलाई राखेर दुई पटक बालुवाटारमा छलफल समेत भइसकेको छ।

एमसिसीकै बजेटलाई लिएर गत जेठ १० गते अध्यक्ष प्रचण्डसहित सचिवालय सदस्य र केही स्थायी कमिटी सदस्यलाई आमन्त्रित सदस्य बनाएर छलफल भएको थियो। त्यस बैठकमा भने प्रधानमन्त्री ओलीले आफ्नो अडान स्पष्ट पारेर निस्केका थिए। एमसिसी नेपालका कार्यकारी अधिकृत खड्गबहादुर बिष्ट र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सचिवालय सदस्य सहित नेताहरु भीम रालव र प्रदीप ज्ञवालीलाई एमसिसी बजेटका सम्बन्धमा ब्रिफिङ गराएका थिए। बैठकमा असन्तुष्ट नेताहरुले एमसिसीमाथि उठेका आशंकाका विषयमा सम्बन्धित क्षेत्रका विज्ञलाई प्रश्न राखेका थिए। 

यस्तै शनिबार बसेको सचिवालय बैठकमा एमसिसी कार्यदलका सदस्यद्वय प्रदीपकुमार ज्ञवाली र भीम रावलसँगै अर्थमन्त्री युवराज अतिवडालाई आमन्त्रित सदस्यको रुपमा बोलाएर सचिवालयमा छलफल समेत गराइएको थियो। छलफलमा प्रधानमन्त्री ओली र अर्थमन्त्री खतिवडाले बजेटमा समेटिएको एमसिसीको बारेमा स्पष्ट पारेका थिए।

प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७  १४:५५
  • #एमसिसी
  • #नेकपा
  • #नेकपा_सचिवालय

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
कार्टुन सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? लामिछाने कात्तिक ६ गतेदेखि तीनदिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भन्दै भारत प्रस्थान गरेका थिए। आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी समितिका संयोजक भट्टराईका अनुसार सुनारले आरोप स्वीकार नगरेपछि अब सार्वजनिक सामग्रीको सत्यता परीक्षण र थप प्रमाण संकलनमा केन्द्रित हुन... आइतबार, कात्तिक ८, २०८३
ताजा समाचारसबै
सीमान्तका आवाजलाई केन्द्रमा ल्याउँदै जुम्लामा साहित्य सम्मेलन सोमबार, कात्तिक ९, २०८३
कार्टुन सोमबार, कात्तिक ९, २०८३
गोलबजारमा खैरो हेरोइनजस्तो पदार्थसहित दुई जना पक्राउ सोमबार, कात्तिक ९, २०८३
आसाममा प्रमोद खरेल र ‘परम्परा ब्यान्ड’को सांगीतिक धमाका सोमबार, कात्तिक ९, २०८३
नेपाली क्रिकेट अमर रहोस्: बालेन सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
पाकिस्तानी खेलाडीको एनपीएल सहभागिता अन्योलमा आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्