• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपामा एमसिसी पेचिलो बन्दै

64x64
वीरेन्द्र ओली आइतबार, जेठ १८, २०७७  १४:५५
1140x725
फाइल फोटो: नेकपा कार्यदलले एमसिसी अध्ययन प्रतिवेदन बुझाउँदै

काठमाडौं- शनिबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा आगामी आर्थिक वर्षको बजेटको अनुसूचीमा समेटिएको एमसिसी पास गरेर जाने निर्णय गरेको छ। यदि संसदबाट एमसिसी पारित हुन नसक्ने अवस्थामा एमसिसीमा समेटिएका कार्यक्रमलाई विकल्प खोजी गरी कार्यान्वयनमा जाने सहमति भएको हो।

एमसिसीको बजेटलाई लिएर नेकपामा विवाद बढ्दै गएपछि थप पेचिलो हुँदै जाने देखिएको छ।

सरकारले बिहीबार प्रस्तुत बजेटमा एमसिसीबाट आगामी आर्थिक वर्ष २०७७/७८ मा ५ अर्ब ७२ करोड रुपैयाँ परिचालन गर्ने लक्ष्य राखिएको छ। बजेटको बाह्य ऋण तथा अनुदानतर्फको स्रोतमा एमसिसीबाट सोझै भुक्तानी हुनेगरी उक्त रकम प्राप्त हुने अनुमान गरिएको छ। एमसिसीको बजेट समेटिएको सार्वजनिक भएपछि नेकपामा विवाद चुलिएको थियो। लगतै शनिबार सचिवालय बैठक बोलाएर एमसिसीका विषयमा निर्णय गर्न अर्को सचिवालय बैठक बोलाउने सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

प्रधानमन्त्री केपी ओलीले एमसिसीका कार्यक्रम यसभन्दा अघि नै लागू भएकाले त्यसैको निरन्तरता अनुरुप बजेटमा आएको स्पष्टीकरण दिएका थिए। संसदबाट पारित नभएको अवस्थामा एमसिसी बजेटमा समेटिनुको नियत ठीक नभएको कतिपय नेताहरुले आशंका थियो।

प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री युवराज खतिवडाले एमसिसीको बजेट ढोकाबाट प्रवेश गराउन नसकेपछि जस्केलाबाट छिराउन खोजेको एक सचिवालय सदस्यले बताए। ‘हामीले एमसिसीमा भएका कानुनी व्यवहारिक पक्षलाई संशोधन गर्न माग गरेका थियौं। प्रधानमन्त्रीज्यूले संशोधन गर्न मान्नुभएको थिएन’, ती सचिवालय सदस्यले भने, ‘एमसिसी ढोकाबाट छिराउन नसकेपछि जस्केलाबाट छिराउने काम गरियो। हामीले जस्केलाबाट पास गर्न खोजिएको एमसिसी तत्काललाई रोकेका छौं।’

एमसिसीको बजेटलाई लिएर नेकपामा ध्रुबीकरण भएको छ। एमसिसीको पक्षमा सचिवालयमा प्रधानमन्त्री ओली, ईश्वर पोखरेल र विष्णु पौडेल मात्रै छन्। अर्का अध्यक्ष प्रचण्ड, नेताहरु झलनाथ खनाल, माधव नेपाल सहितका ६ जना एमसिसी संशोधन गरेर मात्रै संसदबाट पारित गर्नुपर्ने पक्षमा छन्।

नेकपामा एमसिसीः घुम्दै फिर्दै रुम्जाटार
नेकपामा एमसिसी घुम्दै फिर्दै रुम्जाटार भनेजस्तै सचिवालयबाट सुरु भएको बहस स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीपछि फेरि सचिवालयमा आएको छ। यसअघि एमसिसी इन्डोप्यासेफिक रणनीति अन्तगर्तत भएको नभएको भन्ने बहसले निकै चर्चा पाएको थियो।

सचिवालयमा धेरै बहस छलफल भएपछि गत मंसिर २९ गते एमसिसीलाई स्थायी कमिटी बैठकमा प्रवेश गराइएको थियो। स्थायी कमिटीले निर्णय गर्न नसकेपछि १५ माघदेखि १९ सम्म बसेको केन्द्रीय कमिटी बैठकमा पेश गराइएको थियो। केन्द्रीय कमिटी बैठकले एमसिसीका विषयमा अध्ययन गर्न झलनाथ खनालको नेतृत्वमा प्रदीपकुमार ज्ञवाली र भीम रावल रहने गरी माघ २० मा सदस्यीय कार्यदल गठन गरिएको थियो। कार्यदलले गत फागुन ९ गते अध्यक्ष ओली प्रचण्डलाई प्रतिवेदन बुझाइएको थियो। कार्यदलले एमसिसीमा भएका कानुनी र केही व्यवहारिक पक्षलाई संशोधन गरेर मात्रै संसदबाट पारित गर्नुपर्ने सुझाब दिएको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

पार्टीमा विवाद बढ्दै गएपछि गत वैशाख २१ गते एमसिसी कार्यदलको प्रतिवेदन सार्वजनिक भएको थियो।

झण्डै वर्ष दिन पुग्न थालेको एमसिसीको बहस फेरि सचिवालयमा लगेर छलफल गर्ने सहमति भएको छ। तर, एमसिसीको विषय सकेसम्म केन्द्रीय कमिटी नभए स्थायी कमिटीमा छलफल हुनुपर्ने नेता पम्फा भुसालले माग गरिन्। ‘राष्ट्रको यति महत्वपूर्ण प्रोजेक्टमा पार्टीमा बहस छलफल हुनु अत्यन्तै राम्रो हो, हुनुपर्छ’, भुसालले भनिन्, ‘एमसिसीको विषयमा सकेसम्म केन्द्रीय कमिटी नभए स्थायी कमिटीमा छलफल गरेर निर्णय गराई कार्यन्वनमा जानुपर्छ।’

आगामी असार १५ भित्रै संसदबाट साधारण बहुमतबाट पारित गर्नुपर्ने एमसिसी सत्तारुढ नेकपाभित्रै रुमलिएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस एमसिसी संसदबाट पारित गराउन सबैभन्दा धेरै हतारिएको छ। कांगेस सभापति शेरबहादुर देउवाले  सरकारले संसदबाट एमसिसी पारित गराउन आलटाल गरेको आरोप समेत लगाइसकेका छन्।

एमसिसी संसदबाट पारित गर्ने वा नगर्ने विषय नेकपा र त्यसमा पनि प्रधानमन्त्री ओलीका निम्ति चुनौतीपूर्ण देखिएको छ। पछिल्लो समय पार्टीमा कमजोर हुँदै गएका ओलीले पार्टीबाट सर्वसम्मत निर्णय नगराई संसदबाट पारित गराउन सक्ने सम्भावना कम छ।

एमसिसीबारे स्पष्ट हुन पटकपटक छलफल
अमेरिकी आर्थिक सहयोगमा सञ्चालिन एमसिसीकै विषयलाई लिएर नेकपा नेताहरु अनौपचारिक रुपमा दर्जनौंपटक सम्बन्धित क्षेत्रका विज्ञसँग भेटघाट र छलफल गरिसकेका छन्। औपचारिक रुपमा कार्यदलका सदस्य समेतलाई राखेर दुई पटक बालुवाटारमा छलफल समेत भइसकेको छ।

एमसिसीकै बजेटलाई लिएर गत जेठ १० गते अध्यक्ष प्रचण्डसहित सचिवालय सदस्य र केही स्थायी कमिटी सदस्यलाई आमन्त्रित सदस्य बनाएर छलफल भएको थियो। त्यस बैठकमा भने प्रधानमन्त्री ओलीले आफ्नो अडान स्पष्ट पारेर निस्केका थिए। एमसिसी नेपालका कार्यकारी अधिकृत खड्गबहादुर बिष्ट र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सचिवालय सदस्य सहित नेताहरु भीम रालव र प्रदीप ज्ञवालीलाई एमसिसी बजेटका सम्बन्धमा ब्रिफिङ गराएका थिए। बैठकमा असन्तुष्ट नेताहरुले एमसिसीमाथि उठेका आशंकाका विषयमा सम्बन्धित क्षेत्रका विज्ञलाई प्रश्न राखेका थिए। 

यस्तै शनिबार बसेको सचिवालय बैठकमा एमसिसी कार्यदलका सदस्यद्वय प्रदीपकुमार ज्ञवाली र भीम रावलसँगै अर्थमन्त्री युवराज अतिवडालाई आमन्त्रित सदस्यको रुपमा बोलाएर सचिवालयमा छलफल समेत गराइएको थियो। छलफलमा प्रधानमन्त्री ओली र अर्थमन्त्री खतिवडाले बजेटमा समेटिएको एमसिसीको बारेमा स्पष्ट पारेका थिए।

प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७  १४:५५
  • #एमसिसी
  • #नेकपा
  • #नेकपा_सचिवालय

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
विपक्षी दलका सांसदको अनुपस्थितिमा प्रदेशसभाबाट विश्वासको मत लिए थापाले, तीन दलको बहिस्कार प्रदेश सभामा विश्वासको मतका लाग ५३ सांसद संख्या आवश्यक रहेकोमा उनले ५७ मत पाएका छन् । मत दिने सांसद सबै सत्ता साझेदार दलका मात्र हुन... मंगलबार, भदौ ९, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? बालेन सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संवैधानिक क्षेत्राधिकार मिचेर गठन गरेको सम्पत्ति छानबिन आयोगको कामकारबाहीमा सर्वोच्... मंगलबार, भदौ ९, २०८३
केन्द्रको कारबाही सिफारिस बेवास्ता गर्दै बागमतीमा राप्रपाको एमाले–नेकपासँग सत्ता सहमति बागमती प्रदेशमा सरकार गठन तथा सञ्चालनका विषयमा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राप्रपाबीच मंगलबार ६ बुँदे समझदारी भएको हो। केन्द्र... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्