काठमाडौं- कोरोना भाइरस (कोभिड १९) का कारण जारी लकडाउनका बीच भारतीय नागरिक नेपाल प्रवेश गर्न लागेपछि सर्लाहीमा तनाव सिर्जना भएको छ।
आइतबार बिहान साढे ६ बजेको समयमा सर्लाहीको विष्णु गाउँपालिका २ पकडी भन्ने ठाउँबाट करिब ४० को भारतीय समूह नेपाल प्रवेश गर्न लागेको थियो। उक्त सूचना पाएपछि बाराको सिमरास्थित बोर्डर आउट पोस्ट (बिओपी) बाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले उक्त समूहलाई रोक्न खोजेपछि तनाव उत्पन्न भएको थियो।
भारतीय समूहले नेपाली सुरक्षाकर्मीमाथि नै आक्रमणको प्रयास गर्न थालेपछि हवा फायर समेत गर्नु परेको सशस्त्र प्रहरी हेडक्वाटरले जनाएको छ। हवाइ फायर गरेपछि भीड तितरबितर भएको र अहिले अवस्था सामान्य रहेको सशस्त्रले नेपाल लाइभलाई जानकारी दियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।