• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

युवराज खतिवडाको तेस्रो बजेट : यथार्थपरक बनाउने प्रयास

64x64
सविन मिश्र बिहीबार, जेठ १५, २०७७  २३:२८
1140x725

काठमाडौं- नेपालमा कोरोना भाइरसको प्रभाव उत्कर्षतर्फ बढेका बेला अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका छन्। चालु आर्थिक वर्षको यथार्थ खर्च १० खर्ब ७३ अर्ब ३५ करोड रूपैयाँको तुलनामा ३७.३८ प्रतिशत आकार बढाउँदा मन्त्री खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ करोड रूपैयाँको बजेट प्रस्तुत गरेका छन्।

सामान्यता चालु वर्षको सुरुवाती विनियोजनको तुलनामा १० देखि १५ प्रतिशत आकार बढाएर बजेट प्रस्तुत गर्ने गरिएकोमा अर्थमन्त्री खतिवडाले ३.९ प्रतिशत सानो आकारको बजेट खतिवडाले प्रस्तुत गरेका छन्। खतिवडाले चालु वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड रूपैयाँको बजेट प्रस्तुत गरेका छन्। 
खतिवडाले अर्थतन्त्र संकुचित भएको अवस्थामा आफूलाई सम्हालेर बजेट प्रस्तुत गरेका छन्। ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यसहित प्रस्तुत बजेटमार्फत उनले अर्थतन्त्रलाई गति दिने तथा अनावश्यक खर्च कटौतीको आधार तयार गर्ने गरी बजेट प्रस्तुत गरेका हुन्।खतिवडाले यसपटक प्राथमिकता केन्द्रित गरी उच्च अंकमा बजेट विनियोजन गरेका छन्, जसले बजेटलाई यथार्थपरक बनाउन सहयोग गरेको छ। 

पुँजीगत खर्चको आकार ठूलो देखाउन खर्चै नहुने कार्यक्रममा पनि बजेट विनियोजन गर्ने परम्परालाई यो बजेटले केही हदसम्म कम गरेको छ। पूर्वअर्थमन्त्री डा रामशरण महत बजेटको धेरै आलोचना गर्ने ठाउँ नभएको बताउँछन्। 'खर्च कटौतीको प्रयास गरिएको छ जुन सकारात्मक छ,' महतले नेपाल लाइभसँग भने, 'बजेट अलि फोकस भएन, कार्यान्वयनमा चुनौति छ।' सरकारले कार्यान्वयन क्षमता बढाउनुपर्ने उनको सुझाव छ। यद्यपि, विपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले बजेटले कोरोनाको सम्बोधन गर्न नसकेको बताएका छन्। 

बजेटअघि सरकारले संसदमा प्रस्तुत गरेको आगामी नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो। नीति तथा कार्यक्रमले धेरै विषय समेटेको र कोरोनाको सम्बोधन गर्न नसकेको भन्दै आलोचना भएको थियो। तेस्रो बजेट प्रस्तुत गर्दा खतिवडाले पहिलो बजेटको झल्को दिएका छन्, जतिबेला नीति तथा कार्यक्रम भद्रगोल तर बजेट संयमित थियो। 

खतिवडाले स्वास्थ्यका अतिरिक्त कोरोना प्रभावित अर्थतन्त्रलाई पुनरोत्थान दिने उद्देश्यसहित बजेट प्रस्तुत गरेका छन्। कोरोनाबाट प्रभावित उद्योग, व्यवसायलाई करसहितका सहुलियतको प्रस्ताव बजेटमा गरिएको छ। यसैगरी प्रत्यक्षरूपमा नगद हस्तान्तरण भन्दा पनि नेपाल राष्ट्र बैंकबाट नीतिगत सुविधा प्रदान गर्ने गरी प्याकेजको प्रस्ताव गरेको छ। 

खतिवडाले बजेटमार्फत् चालु खर्च कतौती गरेका छन्। पुँजीगत खर्च पनि चालु वर्षको तुलनामा घटाइएको छ। 'बजेट यथार्थपरक बनाउन हामीले मेहनत गर्यौँ , ‍त्यसैअनुसार केही सुधारको प्रयास गरिएको छ,' बजेट निर्माण समूहका एक सदस्यले भने। सवारी साधन खरिद र मर्मत, तालिम तथा भ्रमण, अन्य खर्चसहितका शीर्षकका बजेट कतौती गरिएको छ। यसबाट अर्थ मन्त्रालयले ३० अर्ब रूपैयाँ बचाएको छ। 

मन्त्रालयले पहिलोपटक बजेटको अनुसूचीमा नै सिर्जित दायित्वबारे प्रष्ट विवरण सार्वजनिक गरेको छ। बजेटको अनुसूची ५ (क)मा उल्लेख भएको विवरणअनुसार तलब, निवृत्तभरण र सामाजिक सुरक्षासमेतका प्रतिवद्ध खर्चका लागि ४ खर्ब ४२ अर्ब ५२ करोड रूपैयाँ विनियोजन गरेको छ। यो खर्च चालु वर्षको विनियोजनको तुलनामा १२.६२ प्रतिशतले बढेको छ। 

कूल साधारण खर्च ३.८ प्रतिशत घटेको वर्ष सञ्चाल तथा कार्यक्रम खर्च २७.९२ प्रतिशतले घटाइएको छ। यसका लागि ८७ अर्ब ६१ करोड रूपैयाँ विनियोजन गरिएको छ। चालु वर्षमा यसका लागि १ ख।ब २१ अर्ब ५५ करोड रूपैयाँ विनियोजन गरिएको थियो। यसैगरी सशर्त चालु अनुदान पनि घटाइएको छ। यो शीर्षकमा ९.५ प्रतिशत बजेट घटाइएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

वित्तीय हस्तान्तरणतर्फ समानीकरण अनुदान यथावत राखिएको छ। यो शीर्षकमा १ खर्ब ४५ अर्ब २५ करोड रूपैयाँ बजेट राखिएको छ। वित्तीय हस्तारतणतर्फको सशर्त अनुदान ६ प्रतिशतले घटाइएको छ। यसमा ८० अर्ब ३७ करोड ९६ लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ। 

पुँजीगत खर्चतर्फ चालु वर्ष सुरुवाती विनियोजनको तुलनामा १३.५ प्रतिशतले घटाइएको छ। यो शीर्षकमा चालु वर्षका लागि ४ खर्ब ८ अर्ब रूपैयाँ बजेट विनियोजन गरिएकोमा आगामी आर्थिक वर्षका लागि ३ खर्ब ५२ अर्ब ९१ करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ। वित्तीय हस्तान्तरणतर्फको सशर्त, समपूरक र विशेष अनुदान ६५ प्रतिशतले बढाएर ५४ अर्ब ८० करोड रूपैयाँ विनियोजन गरिएको छ। सशर्त पुँजीगत बजेट शीर्षकमा ७२ अर्ब ६६ करोड ६६ लाख रूपैयाँ विनियोजन गरिएको छ। पुँजीगत वित्तीय लगानी ५ प्रतिशतले बढाएर १ खर्ब ४ अर्ब रूपैयाँ पुर्याँइएको छ। 

स्रोत संकुचित भएको वर्ष अर्थमन्त्री खतिवडाले आगामी वर्ष १० खर्ब ११ अर्ब रूपैयाँ राजस्व उठाउने लक्ष्य राखेका छन्। चालु वर्षमा ८ खर्ब २७ अर्ब रूपैयाँ राजस्व संकलन हुने अनुमान गर्दै उनले आगामी आर्थिक वर्षमा २२ प्रतिशतले राजस्व बढाउने लक्ष्य राखेका छन्। चालु वर्षमा ३० प्रतिशतले राजस्व बढाउने लक्ष्य राखेर अघि बढेका खतिवडा आगामी वर्षको लक्ष्य निर्धारणमा केही संयम बनेका छन्। 

चालु वर्षको सुरुवाती अनुमानको तुलनामा १ खर्ब रूपैयाँले कम राजस्वको लक्ष्य निर्धारण गरिएकोमा राजस्व बाँडफाँटबाट तल्ला तहमा जाने रकम भने खै घटाइएको छ। आगामी वर्ष राजस्व बाँडफाँटबाट १ खर्ब २२ अर्ब रूपैयाँ तल्ला दुई तहमा पठाइउने घोषणा गरिएको छ। संवैधानिक व्यवस्थाअनुसार आन्तरिक अन्त:शुल्क र आन्तरिक उत्पादनमा लाग्ने मूल्य अभिवृद्धि करको १५/१५ प्रतिशत रकम राजस्व बाँडफाँटबाट हस्तान्तरण हुन्छ। 

Xtrem

Xtrem

अर्थमन्त्री खतिवडाले २ खर्ब ९९ अर्ब रूपैयाँ वैदेशिक ऋण लिने योजना बनाएका छन्। योमध्ये अधिकांश रकम बजेटरी सहयोगअन्तर्गत प्राप्त हुने अर्थ मन्त्रालयका अधिकारीहरुको भनाइ छ। आगामी आर्थिक वर्षमा २ खर्ब २५ अर्ब रूपैयाँ आन्तरिक ऋण लिने योजना बनाइएको छ। यो रकम कूल गार्हस्थ उत्पादनको ६ प्रतिशत हो। 

समृद्धि नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्यलाई मूल नारा दिइएको बजेट यसअघि जस्तो नाराले भरिएको छैन। २०५१ सालमा तत्कालीन् अर्थमन्त्री भरतमोहन अधिकारीले सुरु गरेको आफ्नो गाउँ आफैँ बनाउँको भावनालाई जोड्न खोजिएको छ। 

कोरोनाले प्रभावित भएर थला परेका क्षेत्रबाट राज्यलाई भुक्तानी गर्नुपर्ने शुल्क मिनाह तथा छुट दिइएको छ। पर्यटन व्यवसायले चालु वर्षमा तिर्नुपर्ने आयकरमा २० प्रतिशत छुट दिइएको छ। नवप्रवर्तन, लघु तथा घरेलु उद्योगलाई कर सहुलितयको प्रस्ताव गरिएको छ। संगठित क्षेत्रका श्रमकिकको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारताले जम्मा गर्नुपर्ने रकम लकडाउन अवधिभरको लागि सरकारले व्यहोर्ने घोषणा गरिएको छ। 

घरायसी र साना विद्युत उपभोक्तालाई मासिक १० युनिटसम्म खपत गर्नेलाई निशुल्क, मासिक १५० युनिट खपत गर्नेलाई २५ प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई १५ प्रतिशत महसुल छुट दिने तथा खानेपी र सिँचाइ उपभोक्ता समितिले तिर्नुपर्ने शुल्क र महसुल सहुलियत दिने व्यवस्था मिलाइएको छ। उत्पादनमूलक उद्योगहरुले लकडाउन अवधिभर विद्युतको डिमाण्ड शुल्क छुट दिने र माग कम हुने समयको विद्युत खपतमा ५० प्रतिशत छुट दिने घोषणा गरिएको छ। 

कोरोनाबाट प्रभावित कृषि, घरेलु तथा साना र मझौला उद्यो, उत्पादनमूलक उद्योग, होटल, पर्यटनलगायतका क्षेत्रका उद्योग व्यवसायलाई ५ प्रतिशतसम्मको सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकले १ खर्बसम्मको पुनर्कर्जा सुविधा उपलब्ध गराउने घोषणा पनि बजेटबाट गरिएको छ। 
भूकम्पपछिको पुनर्निर्माणका लागि ५५ अर्ब रूपैयाँ विनियोजन गरिएको छ। चालु वर्ष यसका लागि १ खर्ब ४१ अर्ब रूपैयाँ बजेट विनियोजन गरिएकोमा पुनर्निर्माणको अन्तिम वर्ष बजेट कम गरिएको छ। 'पुनर्निर्माणका अधिकांश काम निर्माण सम्पन्न हुने चरणमा पुगेका छन्,' अर्थमन्त्री खतिवडाले भने।

खतिवडाले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको आकार ४ करोड रूपैयाँमा झारेका छन्। चालु वर्षसम्म यो कार्यक्रम ६ करोड रूपैयाँको थियो। यद्यपि, निर्वाचन क्षेत्रमा भने ६ करोड नै बजेट जानेछ। निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमका लागि प्रति निर्वाचन क्षेत्र २ करोड विनियोजन गरिएको छ। यो कार्यक्रम निर्वाचन क्षेत्र केन्द्रित भए पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाटै खर्च हुनेछ।

खतिवडाले बजेटबाट विद्युतीय सवारी साधनमा कर लगाएका छन्। विद्युतीय सवारी साधनमा भन्सार र अन्त:शुल्क दुवै लगाइएको छ। आयातित मदिरामा अन्त:शुल्क बढाइएको छ। यस्ता मदिरामा प्रतिलिटर ३ सय रूपैयाँ अन्त:शुल्क लगाउने घोषणा बजेटबाट गरिएको छ। व्यवसायीले हटाउन माग गरेको मोबाइल फोनको २.५ प्रतिशत अन्त:शुल्क यथावत राखिएको छ। 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  २३:२८
  • #बजेट_२०७७_७८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
सेयर बजारमा ९.६२ अङ्कको गिरावट आज नेप्से परिसूचक ९ दशमलव ६२ अंकले घटेर २,६०३ को विन्दुमा कायम भएको छ । आज ६९ कम्पनीको शेयर मूल्य बढेको छ भने १९९ कम्पनीको शेयर मूल्... मंगलबार, असोज १३, २०८३
सुनको मूल्य घट्यो, चाँदी पनि सस्तियो दुई दिनमै सुनको मूल्य प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको हो । मंगलबार, असोज १३, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, कसको कतिमा हुँदैछ खरिद बिक्री? मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
सरकारका प्रवक्ताले भने– अपरिचित व्यक्तिबाट धम्की आएपछि चोलेन्द्रलाई सुरक्षित स्थानमा सारिएको हो मंगलबार, असोज १३, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
सरकारले भन्यो– चोलेन्द्र शम्शेरलाई पक्राउ गरेको होइन मंगलबार, असोज १३, २०८३
पूर्व प्रधानन्यायाधीश राणाको पक्राउप्रति मानव अधिकारकर्मी र नागरिक समाजको आपत्ति मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्