• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक २७, २०८२ Thu, Nov 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

युवराज खतिवडाको तेस्रो बजेट : यथार्थपरक बनाउने प्रयास

64x64
सविन मिश्र बिहीबार, जेठ १५, २०७७  २३:२८
1140x725

काठमाडौं- नेपालमा कोरोना भाइरसको प्रभाव उत्कर्षतर्फ बढेका बेला अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका छन्। चालु आर्थिक वर्षको यथार्थ खर्च १० खर्ब ७३ अर्ब ३५ करोड रूपैयाँको तुलनामा ३७.३८ प्रतिशत आकार बढाउँदा मन्त्री खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ करोड रूपैयाँको बजेट प्रस्तुत गरेका छन्।

सामान्यता चालु वर्षको सुरुवाती विनियोजनको तुलनामा १० देखि १५ प्रतिशत आकार बढाएर बजेट प्रस्तुत गर्ने गरिएकोमा अर्थमन्त्री खतिवडाले ३.९ प्रतिशत सानो आकारको बजेट खतिवडाले प्रस्तुत गरेका छन्। खतिवडाले चालु वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड रूपैयाँको बजेट प्रस्तुत गरेका छन्। 
खतिवडाले अर्थतन्त्र संकुचित भएको अवस्थामा आफूलाई सम्हालेर बजेट प्रस्तुत गरेका छन्। ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यसहित प्रस्तुत बजेटमार्फत उनले अर्थतन्त्रलाई गति दिने तथा अनावश्यक खर्च कटौतीको आधार तयार गर्ने गरी बजेट प्रस्तुत गरेका हुन्।खतिवडाले यसपटक प्राथमिकता केन्द्रित गरी उच्च अंकमा बजेट विनियोजन गरेका छन्, जसले बजेटलाई यथार्थपरक बनाउन सहयोग गरेको छ। 

पुँजीगत खर्चको आकार ठूलो देखाउन खर्चै नहुने कार्यक्रममा पनि बजेट विनियोजन गर्ने परम्परालाई यो बजेटले केही हदसम्म कम गरेको छ। पूर्वअर्थमन्त्री डा रामशरण महत बजेटको धेरै आलोचना गर्ने ठाउँ नभएको बताउँछन्। 'खर्च कटौतीको प्रयास गरिएको छ जुन सकारात्मक छ,' महतले नेपाल लाइभसँग भने, 'बजेट अलि फोकस भएन, कार्यान्वयनमा चुनौति छ।' सरकारले कार्यान्वयन क्षमता बढाउनुपर्ने उनको सुझाव छ। यद्यपि, विपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले बजेटले कोरोनाको सम्बोधन गर्न नसकेको बताएका छन्। 

बजेटअघि सरकारले संसदमा प्रस्तुत गरेको आगामी नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो। नीति तथा कार्यक्रमले धेरै विषय समेटेको र कोरोनाको सम्बोधन गर्न नसकेको भन्दै आलोचना भएको थियो। तेस्रो बजेट प्रस्तुत गर्दा खतिवडाले पहिलो बजेटको झल्को दिएका छन्, जतिबेला नीति तथा कार्यक्रम भद्रगोल तर बजेट संयमित थियो। 

खतिवडाले स्वास्थ्यका अतिरिक्त कोरोना प्रभावित अर्थतन्त्रलाई पुनरोत्थान दिने उद्देश्यसहित बजेट प्रस्तुत गरेका छन्। कोरोनाबाट प्रभावित उद्योग, व्यवसायलाई करसहितका सहुलियतको प्रस्ताव बजेटमा गरिएको छ। यसैगरी प्रत्यक्षरूपमा नगद हस्तान्तरण भन्दा पनि नेपाल राष्ट्र बैंकबाट नीतिगत सुविधा प्रदान गर्ने गरी प्याकेजको प्रस्ताव गरेको छ। 

खतिवडाले बजेटमार्फत् चालु खर्च कतौती गरेका छन्। पुँजीगत खर्च पनि चालु वर्षको तुलनामा घटाइएको छ। 'बजेट यथार्थपरक बनाउन हामीले मेहनत गर्यौँ , ‍त्यसैअनुसार केही सुधारको प्रयास गरिएको छ,' बजेट निर्माण समूहका एक सदस्यले भने। सवारी साधन खरिद र मर्मत, तालिम तथा भ्रमण, अन्य खर्चसहितका शीर्षकका बजेट कतौती गरिएको छ। यसबाट अर्थ मन्त्रालयले ३० अर्ब रूपैयाँ बचाएको छ। 

मन्त्रालयले पहिलोपटक बजेटको अनुसूचीमा नै सिर्जित दायित्वबारे प्रष्ट विवरण सार्वजनिक गरेको छ। बजेटको अनुसूची ५ (क)मा उल्लेख भएको विवरणअनुसार तलब, निवृत्तभरण र सामाजिक सुरक्षासमेतका प्रतिवद्ध खर्चका लागि ४ खर्ब ४२ अर्ब ५२ करोड रूपैयाँ विनियोजन गरेको छ। यो खर्च चालु वर्षको विनियोजनको तुलनामा १२.६२ प्रतिशतले बढेको छ। 

कूल साधारण खर्च ३.८ प्रतिशत घटेको वर्ष सञ्चाल तथा कार्यक्रम खर्च २७.९२ प्रतिशतले घटाइएको छ। यसका लागि ८७ अर्ब ६१ करोड रूपैयाँ विनियोजन गरिएको छ। चालु वर्षमा यसका लागि १ ख।ब २१ अर्ब ५५ करोड रूपैयाँ विनियोजन गरिएको थियो। यसैगरी सशर्त चालु अनुदान पनि घटाइएको छ। यो शीर्षकमा ९.५ प्रतिशत बजेट घटाइएको छ। 

Ncell 2
Ncell 2

वित्तीय हस्तान्तरणतर्फ समानीकरण अनुदान यथावत राखिएको छ। यो शीर्षकमा १ खर्ब ४५ अर्ब २५ करोड रूपैयाँ बजेट राखिएको छ। वित्तीय हस्तारतणतर्फको सशर्त अनुदान ६ प्रतिशतले घटाइएको छ। यसमा ८० अर्ब ३७ करोड ९६ लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ। 

पुँजीगत खर्चतर्फ चालु वर्ष सुरुवाती विनियोजनको तुलनामा १३.५ प्रतिशतले घटाइएको छ। यो शीर्षकमा चालु वर्षका लागि ४ खर्ब ८ अर्ब रूपैयाँ बजेट विनियोजन गरिएकोमा आगामी आर्थिक वर्षका लागि ३ खर्ब ५२ अर्ब ९१ करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ। वित्तीय हस्तान्तरणतर्फको सशर्त, समपूरक र विशेष अनुदान ६५ प्रतिशतले बढाएर ५४ अर्ब ८० करोड रूपैयाँ विनियोजन गरिएको छ। सशर्त पुँजीगत बजेट शीर्षकमा ७२ अर्ब ६६ करोड ६६ लाख रूपैयाँ विनियोजन गरिएको छ। पुँजीगत वित्तीय लगानी ५ प्रतिशतले बढाएर १ खर्ब ४ अर्ब रूपैयाँ पुर्याँइएको छ। 

स्रोत संकुचित भएको वर्ष अर्थमन्त्री खतिवडाले आगामी वर्ष १० खर्ब ११ अर्ब रूपैयाँ राजस्व उठाउने लक्ष्य राखेका छन्। चालु वर्षमा ८ खर्ब २७ अर्ब रूपैयाँ राजस्व संकलन हुने अनुमान गर्दै उनले आगामी आर्थिक वर्षमा २२ प्रतिशतले राजस्व बढाउने लक्ष्य राखेका छन्। चालु वर्षमा ३० प्रतिशतले राजस्व बढाउने लक्ष्य राखेर अघि बढेका खतिवडा आगामी वर्षको लक्ष्य निर्धारणमा केही संयम बनेका छन्। 

चालु वर्षको सुरुवाती अनुमानको तुलनामा १ खर्ब रूपैयाँले कम राजस्वको लक्ष्य निर्धारण गरिएकोमा राजस्व बाँडफाँटबाट तल्ला तहमा जाने रकम भने खै घटाइएको छ। आगामी वर्ष राजस्व बाँडफाँटबाट १ खर्ब २२ अर्ब रूपैयाँ तल्ला दुई तहमा पठाइउने घोषणा गरिएको छ। संवैधानिक व्यवस्थाअनुसार आन्तरिक अन्त:शुल्क र आन्तरिक उत्पादनमा लाग्ने मूल्य अभिवृद्धि करको १५/१५ प्रतिशत रकम राजस्व बाँडफाँटबाट हस्तान्तरण हुन्छ। 

अर्थमन्त्री खतिवडाले २ खर्ब ९९ अर्ब रूपैयाँ वैदेशिक ऋण लिने योजना बनाएका छन्। योमध्ये अधिकांश रकम बजेटरी सहयोगअन्तर्गत प्राप्त हुने अर्थ मन्त्रालयका अधिकारीहरुको भनाइ छ। आगामी आर्थिक वर्षमा २ खर्ब २५ अर्ब रूपैयाँ आन्तरिक ऋण लिने योजना बनाइएको छ। यो रकम कूल गार्हस्थ उत्पादनको ६ प्रतिशत हो। 

समृद्धि नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्यलाई मूल नारा दिइएको बजेट यसअघि जस्तो नाराले भरिएको छैन। २०५१ सालमा तत्कालीन् अर्थमन्त्री भरतमोहन अधिकारीले सुरु गरेको आफ्नो गाउँ आफैँ बनाउँको भावनालाई जोड्न खोजिएको छ। 

कोरोनाले प्रभावित भएर थला परेका क्षेत्रबाट राज्यलाई भुक्तानी गर्नुपर्ने शुल्क मिनाह तथा छुट दिइएको छ। पर्यटन व्यवसायले चालु वर्षमा तिर्नुपर्ने आयकरमा २० प्रतिशत छुट दिइएको छ। नवप्रवर्तन, लघु तथा घरेलु उद्योगलाई कर सहुलितयको प्रस्ताव गरिएको छ। संगठित क्षेत्रका श्रमकिकको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारताले जम्मा गर्नुपर्ने रकम लकडाउन अवधिभरको लागि सरकारले व्यहोर्ने घोषणा गरिएको छ। 

घरायसी र साना विद्युत उपभोक्तालाई मासिक १० युनिटसम्म खपत गर्नेलाई निशुल्क, मासिक १५० युनिट खपत गर्नेलाई २५ प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई १५ प्रतिशत महसुल छुट दिने तथा खानेपी र सिँचाइ उपभोक्ता समितिले तिर्नुपर्ने शुल्क र महसुल सहुलियत दिने व्यवस्था मिलाइएको छ। उत्पादनमूलक उद्योगहरुले लकडाउन अवधिभर विद्युतको डिमाण्ड शुल्क छुट दिने र माग कम हुने समयको विद्युत खपतमा ५० प्रतिशत छुट दिने घोषणा गरिएको छ। 

कोरोनाबाट प्रभावित कृषि, घरेलु तथा साना र मझौला उद्यो, उत्पादनमूलक उद्योग, होटल, पर्यटनलगायतका क्षेत्रका उद्योग व्यवसायलाई ५ प्रतिशतसम्मको सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकले १ खर्बसम्मको पुनर्कर्जा सुविधा उपलब्ध गराउने घोषणा पनि बजेटबाट गरिएको छ। 
भूकम्पपछिको पुनर्निर्माणका लागि ५५ अर्ब रूपैयाँ विनियोजन गरिएको छ। चालु वर्ष यसका लागि १ खर्ब ४१ अर्ब रूपैयाँ बजेट विनियोजन गरिएकोमा पुनर्निर्माणको अन्तिम वर्ष बजेट कम गरिएको छ। 'पुनर्निर्माणका अधिकांश काम निर्माण सम्पन्न हुने चरणमा पुगेका छन्,' अर्थमन्त्री खतिवडाले भने।

खतिवडाले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको आकार ४ करोड रूपैयाँमा झारेका छन्। चालु वर्षसम्म यो कार्यक्रम ६ करोड रूपैयाँको थियो। यद्यपि, निर्वाचन क्षेत्रमा भने ६ करोड नै बजेट जानेछ। निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमका लागि प्रति निर्वाचन क्षेत्र २ करोड विनियोजन गरिएको छ। यो कार्यक्रम निर्वाचन क्षेत्र केन्द्रित भए पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाटै खर्च हुनेछ।

खतिवडाले बजेटबाट विद्युतीय सवारी साधनमा कर लगाएका छन्। विद्युतीय सवारी साधनमा भन्सार र अन्त:शुल्क दुवै लगाइएको छ। आयातित मदिरामा अन्त:शुल्क बढाइएको छ। यस्ता मदिरामा प्रतिलिटर ३ सय रूपैयाँ अन्त:शुल्क लगाउने घोषणा बजेटबाट गरिएको छ। व्यवसायीले हटाउन माग गरेको मोबाइल फोनको २.५ प्रतिशत अन्त:शुल्क यथावत राखिएको छ। 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  २३:२८
  • #बजेट_२०७७_७८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ४४ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार बढेर तोलामा २... बिहीबार, कात्तिक २७, २०८२
नेचुङ भन्सारद्वारा तीन अर्ब ४९ करोड राजस्व सङ्कलन भन्सार प्रमुख रमेश खड्काका अनुसार  उक्त अवधिमा एक हजार ६९९ वटा विद्युतीय सवारीसाधन चीनबाट पैठारी भएका छन्।  यसैगरी, ८२८ वटा मालवाहक... बिहीबार, कात्तिक २७, २०८२
तोलामा २१ सय घट्यो सुन घिल्लो दिन तोलाको ३१७० रुपैयाँमा कारोबार भएको चाँदी आज ३१७५ रुपैयाँ कायम भएको छ। यसअघि असोज ३१ गते चाँदीको भाउ हालसम्मकै उच्च तोलाको... बुधबार, कात्तिक २६, २०८२
ताजा समाचारसबै
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
प्रदेशसभा कटहरीमा सर्ने भएपछि  स्थानीयवासी उत्साहित बिहीबार, कात्तिक २७, २०८२
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक बिहीबार, कात्तिक २७, २०८२
डिम्ब तस्करीमा होप फर्टिलिटी मुद्दा नचलाउने निर्णय, महान्याधिवक्ता भण्डारीको लगानी र छोरी कार्यरत रहेको खुलासा बिहीबार, कात्तिक २७, २०८२
२ महिनामा शान्ति सुरक्षा सामान्य अवस्थामा ल्याउन सफल भयौँ : गृहमन्त्री अर्याल बिहीबार, कात्तिक २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
नेकपामा मिसियो भीम रावलको जागरण अभियान, ७ बुँदे सहमति पत्रमा हस्ताक्षर बुधबार, कात्तिक २६, २०८२
इजरायली राष्ट्रपतिलाई ट्रम्पको आग्रह : प्रधानमन्त्री नेतान्याहूलाई माफी दिनुस् बुधबार, कात्तिक २६, २०८२
निर्वाचन आयोगले वामदेव गौतम नेतृत्वको पार्टी खारेज गर्‍यो बुधबार, कात्तिक २६, २०८२
ललितपुरमा स्कुटरलाई ठक्कर दिएर ११ लाखको सिक्री लुटपाट बुधबार, कात्तिक २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्