भक्तपुर- बिस्केट जात्राका अवसरमा मध्यपुरथिमिका बासिन्दाले आज बिहानैदेखि हर्षोल्लासका साथ सिन्दूर खेलेर ३२ खट जात्रा अर्थात् सुथः सिया जात्रा मनाएका छन्।
थिमिका टोलटोलबाट विभिन्न देवताका मूर्ति खटमा विराजमान गराई खट बोकेर सिन्दूर खेल्दै पूजाआजाका साथ सो जात्रा मनाइन्छ। थिमिमा मात्र मनाइने सो जात्राका सहभागी एकार्कालाई सिन्दूर दलेर रमाउने गर्छन्।

थिमिमा ३२ खट सहभागी रथ बोकेर परम्परागत रुपमा मनाइँदै आएको सो जात्रा अहिले थिमि क्षेत्रमा २३, बोडेमा ७ तथा नगदेश र टिगनीमा एकएक छुट्टाछुट्टै स्थानमा खटजात्राका साथ जात्रा मनाइएको छ।
जात्रामा कायाँ बाजा, भुस्या बाजा, धिमे बाजा बजाएर देवताका खटलाई घुमाउँदै एकार्कालाई सिन्दूर दल्ने भएकाले पनि यसलाई सिन्दूर जात्रा भनिएको हो।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।