• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

बजेटमा भौतिक पूर्वाधार : नेम्बाङको मन्त्रालयमा घट्यो २४ अर्ब ७२ करोड, अटाएनन् नयाँ कार्यक्रम

64x64
शिव बोहरा बिहीबार, जेठ १५, २०७७  २२:१३
1140x725

काठमाडौं- सरकारले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको भएपनि चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको बजेट केही कम छ। चालू आर्थिक वर्षका लागि अर्थमन्त्री डा युवराज खतिवडाले १ खर्ब ६३ अर्ब ५२ करोड बजेट विनियोजन गरेका थिए। 

तर आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बिहीबार संघीय संसदमा अर्थमन्त्री डा युवराज खतिवडाले पूर्वाधार क्षेत्रलाई १ खर्ब ३८ अर्ब  ८० करोड रुपैयाँ विनियोजन गरेका छन्। चालू आवको तुलनामा आगामी आवका लागि भौतिक पूर्वाधारको क्षेत्रतर्फको बजेट २४ अर्ब ७२ करोड रुपैयाँ घटेको छ। 

कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिका कारण पूर्वाधार विकासका लागि बजेट कम भएको हो। सरकारले सडक, रेल तथा जल यातायतको पूर्वाधार निर्माणका लागि सो रकम विनियोजन गरेको हो। 

बजेट सरेन्डरपछि फास्ट ट्र्याकको बजेट घट्यो 
सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरी निर्माण सुरु गरेको काठमाडौं–तराई मधेश द्रूतमार्गलाई ८ अर्ब ९३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सो आयोजनमा अर्थमन्त्री खतिवडाले ८ अर्ब ९३ करोड रुपैयाँ विनियोजन गरेका छन्। आयोजनाले बजेट खर्च गर्न नसकी बजेट सरेन्डर गरेपछि बजेट घटाइएको हो। 

सरकारले चालू आर्थिक वर्ष २०७६/७७ मा १५ अर्ब ७१ लाख रुपैयाँ विनियोजन गरेको थियो। ४ वर्षमा निर्माण गर्ने लक्ष्य लिइएको द्रूत मार्गमा निक्कै कम बजेट विनियोजन भएको हो। द्रूत मार्ग निर्माणको लागत १ खर्ब ७२ अर्ब लाग्ने अनुमान गरिएको छ। 

सडक मर्मतमा बजेट दोब्बर
सरकारले चालू आर्थिक वर्षमा सडकको मर्मत तथा पुनर्स्थापनाका लागि सडक बोर्ड मार्फत खर्च गर्नेगरी ८ अर्ब रुपैयाँ बजेट छुट्याएको थियो। तर आगामी आर्थिक वर्षका लागि यो शीर्षकमा बजेट करिब दोब्बर बनाइएको छ। आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री डा युवराज खतिवडाले १६ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेका छन्।

त्यस्तै निर्माणधीन कान्ति लोकपथ र सूर्यविनायक धुलिखेल सडक स्तरोन्नतिका लागि १ अर्ब २० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। अर्थमन्त्री डा खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो सडक निर्माणका लागि उक्त बजेट विनियोजन गरेका हुन्।

सुरुङ मार्ग निर्माणमा ६ अर्ब ४२ करोड
सरकारले सडक यातायातलाई सहज छोटो बनाउन सुरुङ मार्ग निर्माणलाई प्राथमिकता दिएको छ। चालू आवको बजेटमा नागढुंगा नौबिसे सडक खण्डको सुरुङसहित सडक स्तरोन्नतिका लागि ६ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

तर आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सरकरले विभिन्न सडक खण्डमा निर्माण हुने सुरुङ मार्गका लागि ६ अर्ब ४२ करोड रुपैयाँमात्र बजेट विनियोजन गरेको छ। उक्त बजेट सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकको सिद्धबाबा खण्डमा सुरुङ, काठमाडौंदेखि चीनको नाका रसुवागढीसम्म जोड्ने सडकअन्तर्गत रहेको टोखा–छहरे–गुर्जेभन्ज्याङ सुरुङ, खुर्कोट–चियाबारी, विपिननगर–खुटिया–दिपायल खण्ड, लामाबगर–उत्तरी सीमा सडकमा समेत सुरुङ मार्ग निर्माणको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गरी निर्माण कार्य अघि बढाउन सो रकम बजेट विनियोजन गएको हो। त्यस्तै सरकारले प्रदेश सरकारसँगको समन्वयमा गणेशमान मार्गको थानकोट–चित्लाङ खण्डमा समेत सुरुङ बनाउने बजेटमा उल्लेख छ। 

रेल, मेट्रो रेल तथा मोनोरेललाई ८ अर्ब ६६ करोड बजेट
सरकारले रेलमार्ग निर्माणलाई विशेष प्राथमिकता दिएको छ। सरकार विभिन्न रेलमार्ग निर्माणका लागि आगामी आर्थिक वर्षका लागि ८ अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा खतिवडाले संघीय संसदमा बजेट प्रस्तुत गर्दै उक्त रकम विनियोजन गरेका हुन्।

यस आयोजनाका लागि चालु आर्थिक वर्ष २०७६/७७ मा ७ अर्ब ६९ करोड ६९ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावी नारा बनाएको रेल मार्ग निर्माणका लागि चालू वर्षको तुलनामा आगामी वर्षका लागि ९७ करोभन्दा बढी रुपैयाँ बजेट बढेको हो। 

रेल आयोजनाअन्तर्गत पूर्व–पश्चिम रेलमार्ग र सोको लिंक, केरूङ–काठमाडौं–पोखरा रेलमार्ग, काठमाडौं–वीरगंज रेलमार्ग लगायत अन्य रेलमार्ग एवं मुख्य–मुख्य सहरहरूमा मेट्रोरेलको अध्ययन तथा निर्माण गर्नेगरी विभिन्न ६ स्थानमा अन्तरदेशीय रेलमार्ग निर्माणमा केन्द्रित हुने सरकारले जनाएको छ। 

हुलाकी राजमार्गका लागि ७ अर्ब १ करोड 
सरकारले मध्य तराईको पूर्व–पश्चिम जोड्नेगरी हुलाकी राजमार्ग निर्माण गर्ने निर्णय गरेको थियो। उक्त राजमार्गलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर निर्माण कार्यलाई सरकारले तीव्रता दिएको हो। चालू आर्थिक वर्षमा सरकारले हुलाकी राजर्मालाई १३ अर्ब ६३ करोड ७ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा आगामी आर्थिक वर्ष २०७७/७८ का ७ अर्ब १ करोड रुपैयाँमात्र बजेट विनियोजन भएको छ।

तराई क्षेत्रमा रहेको हुलाकी मार्गलाई स्तरोन्नति गरी पूर्व पश्चिम जोड्ने वैकल्पिक राजमार्गको रूपमा निर्माण गर्ने लक्ष्य सरकारले लिएको हो।

मध्यपहाडी लोकमार्गलाई ८ अर्ब २७ करोड
सरकारले आर्थिक वर्ष २०६४/६५ देखि पहाडीबाट पूर्वपश्चिम जोड्नेगरी पाँचथरको चियो भञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्मको मध्यपहाडी (पुष्पलाल) लाकमार्ग निर्माणको घोषणा गरेको थियो। उक्त सडक आयोजनामा आर्थिक वर्ष २०७६/७७ मा १२ अर्ब १९ करोड ९२ लाख बजेट विनियोजन भएको थियो भने आगामी आर्थिक वर्ष २०७७/७८ लागि मध्येमहाडी लोकमार्गका लागि अर्थमन्त्री डा खतिवडाले ८ अर्ब २७ करोड रुपैयाँ रुपैयाँ बजेट विनियोजन गरेका छन्। मध्यपहाडी लोकमार्गका लागि समेत बजेट घटाइएको छ। चालू आवको तुलनामा आगामी वर्षका लागि छुट्याइएको बजेटमा ३ अर्ब ९३ करोड रुपैयाँ घटेको छ। 

पूर्व–पश्चिम राजमार्गका लागि १२ अर्ब २१ करोड
सरकारले पूर्व–पश्चित राजमार्ग आगामी ३ वर्ष भित्र एसियाली राजमार्ग मापदण्डअनुरुपको डेडिकेटेड चार लेनको सुरक्षित द्रूत सडकको रुपमा स्तरोन्नति गरिने भएको छ। आगामी आर्थिक वर्षबाट निर्माण सुरु गरिने र त्यसका लागि १२ अर्ब २१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। 

उत्तर दक्षिण सकडका लागि ७ अर्ब १६ करोड 
सरकारले चालू आर्थिक वर्षका लागि कोशी, कर्णाली, कालीगण्डकी करिडोरका लागि छुट्टाछुट्टै शीर्षकमा बजेट विनियोजन गरेकोमा आगामी आर्थिक वर्षका लागि एकमुस्टमा बजेट छुट्याइएको छ। उत्तरी र दक्षिणी सीमा जोड्ने सडकको रणनीतिक महत्वलाई दृष्टिगत गरी क्रमशः डेडिकेटेड डवल लेनमा निर्माण र स्तरोन्नति गरिने बजेटमा उल्लेख छ। मेची, तमोर, कोशी, तामाकोशी, त्रिशुली, कालीगण्डकी, भेरी, कर्णाली र महाकाली करिडोर आयोजना तथा राजमार्गको निर्माण एवं स्तरोन्नतिको कामलाई निरन्तरता दिन ७ अर्ब १६ करोड रुपैयाँ बजेट छुट्याइएको छ। 

त्यसैगरी अन्य विभिन्न शीर्षकअन्तर्गत मुग्लिन पोखरा, कोहलपुर सुर्खेत र सिद्धार्थ राजमार्ग स्तरोन्नति गर्न ५ अर्ब ५७ करोड, हरेक निर्वाचन क्षेत्रका एकभन्दा बढी स्थानीय तह जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम कार्यान्वयन गर्न ३ अर्ब ३० करोड विनियोजन भएको छ।

यसका साथै तराई मधेश समृद्धिसँग जोडिएको सडक पूर्वाधार विशेष कार्यक्रमका लागि २ अर्ब २६ करोड रुपैयाँ बजेट विनियोजन भएको छ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  २२:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग भारत सरकारको सहयोगमा प्राप्त प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गरिएको हो। भारतीय दूतावा... शनिबार, भदौ २७, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ। बिहीबार, भदौ २५, २०८३
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सवा ७ खर्ब लाग्ने, ऊर्जामै ३ खर्ब ९० अर्ब राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्ष... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
नक्कली ब्लुबुक बनाउने व्यक्ति ४ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ सोमबार, असोज ५, २०८३
कास्कीमा एक महिनामै ५६ जना फरार प्रतिवादी पक्राउ सोमबार, असोज ५, २०८३
कार्टुन सोमबार, असोज ५, २०८३
रुसमाथि युक्रेनको एक हजारभन्दा बढी ड्रोन हमला, मस्कोमा ठूलो क्षति सोमबार, असोज ५, २०८३
सिटीको विजयी यात्रा कायमै, युनाइटेड हारबाट जोगियो सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्