• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

बजेटमा भौतिक पूर्वाधार : नेम्बाङको मन्त्रालयमा घट्यो २४ अर्ब ७२ करोड, अटाएनन् नयाँ कार्यक्रम

64x64
शिव बोहरा बिहीबार, जेठ १५, २०७७  २२:१३
1140x725

काठमाडौं- सरकारले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको भएपनि चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको बजेट केही कम छ। चालू आर्थिक वर्षका लागि अर्थमन्त्री डा युवराज खतिवडाले १ खर्ब ६३ अर्ब ५२ करोड बजेट विनियोजन गरेका थिए। 

तर आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बिहीबार संघीय संसदमा अर्थमन्त्री डा युवराज खतिवडाले पूर्वाधार क्षेत्रलाई १ खर्ब ३८ अर्ब  ८० करोड रुपैयाँ विनियोजन गरेका छन्। चालू आवको तुलनामा आगामी आवका लागि भौतिक पूर्वाधारको क्षेत्रतर्फको बजेट २४ अर्ब ७२ करोड रुपैयाँ घटेको छ। 

कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिका कारण पूर्वाधार विकासका लागि बजेट कम भएको हो। सरकारले सडक, रेल तथा जल यातायतको पूर्वाधार निर्माणका लागि सो रकम विनियोजन गरेको हो। 

बजेट सरेन्डरपछि फास्ट ट्र्याकको बजेट घट्यो 
सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरी निर्माण सुरु गरेको काठमाडौं–तराई मधेश द्रूतमार्गलाई ८ अर्ब ९३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सो आयोजनमा अर्थमन्त्री खतिवडाले ८ अर्ब ९३ करोड रुपैयाँ विनियोजन गरेका छन्। आयोजनाले बजेट खर्च गर्न नसकी बजेट सरेन्डर गरेपछि बजेट घटाइएको हो। 

सरकारले चालू आर्थिक वर्ष २०७६/७७ मा १५ अर्ब ७१ लाख रुपैयाँ विनियोजन गरेको थियो। ४ वर्षमा निर्माण गर्ने लक्ष्य लिइएको द्रूत मार्गमा निक्कै कम बजेट विनियोजन भएको हो। द्रूत मार्ग निर्माणको लागत १ खर्ब ७२ अर्ब लाग्ने अनुमान गरिएको छ। 

सडक मर्मतमा बजेट दोब्बर
सरकारले चालू आर्थिक वर्षमा सडकको मर्मत तथा पुनर्स्थापनाका लागि सडक बोर्ड मार्फत खर्च गर्नेगरी ८ अर्ब रुपैयाँ बजेट छुट्याएको थियो। तर आगामी आर्थिक वर्षका लागि यो शीर्षकमा बजेट करिब दोब्बर बनाइएको छ। आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री डा युवराज खतिवडाले १६ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेका छन्।

त्यस्तै निर्माणधीन कान्ति लोकपथ र सूर्यविनायक धुलिखेल सडक स्तरोन्नतिका लागि १ अर्ब २० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। अर्थमन्त्री डा खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो सडक निर्माणका लागि उक्त बजेट विनियोजन गरेका हुन्।

सुरुङ मार्ग निर्माणमा ६ अर्ब ४२ करोड
सरकारले सडक यातायातलाई सहज छोटो बनाउन सुरुङ मार्ग निर्माणलाई प्राथमिकता दिएको छ। चालू आवको बजेटमा नागढुंगा नौबिसे सडक खण्डको सुरुङसहित सडक स्तरोन्नतिका लागि ६ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

तर आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सरकरले विभिन्न सडक खण्डमा निर्माण हुने सुरुङ मार्गका लागि ६ अर्ब ४२ करोड रुपैयाँमात्र बजेट विनियोजन गरेको छ। उक्त बजेट सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकको सिद्धबाबा खण्डमा सुरुङ, काठमाडौंदेखि चीनको नाका रसुवागढीसम्म जोड्ने सडकअन्तर्गत रहेको टोखा–छहरे–गुर्जेभन्ज्याङ सुरुङ, खुर्कोट–चियाबारी, विपिननगर–खुटिया–दिपायल खण्ड, लामाबगर–उत्तरी सीमा सडकमा समेत सुरुङ मार्ग निर्माणको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गरी निर्माण कार्य अघि बढाउन सो रकम बजेट विनियोजन गएको हो। त्यस्तै सरकारले प्रदेश सरकारसँगको समन्वयमा गणेशमान मार्गको थानकोट–चित्लाङ खण्डमा समेत सुरुङ बनाउने बजेटमा उल्लेख छ। 

रेल, मेट्रो रेल तथा मोनोरेललाई ८ अर्ब ६६ करोड बजेट
सरकारले रेलमार्ग निर्माणलाई विशेष प्राथमिकता दिएको छ। सरकार विभिन्न रेलमार्ग निर्माणका लागि आगामी आर्थिक वर्षका लागि ८ अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा खतिवडाले संघीय संसदमा बजेट प्रस्तुत गर्दै उक्त रकम विनियोजन गरेका हुन्।

यस आयोजनाका लागि चालु आर्थिक वर्ष २०७६/७७ मा ७ अर्ब ६९ करोड ६९ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावी नारा बनाएको रेल मार्ग निर्माणका लागि चालू वर्षको तुलनामा आगामी वर्षका लागि ९७ करोभन्दा बढी रुपैयाँ बजेट बढेको हो। 

रेल आयोजनाअन्तर्गत पूर्व–पश्चिम रेलमार्ग र सोको लिंक, केरूङ–काठमाडौं–पोखरा रेलमार्ग, काठमाडौं–वीरगंज रेलमार्ग लगायत अन्य रेलमार्ग एवं मुख्य–मुख्य सहरहरूमा मेट्रोरेलको अध्ययन तथा निर्माण गर्नेगरी विभिन्न ६ स्थानमा अन्तरदेशीय रेलमार्ग निर्माणमा केन्द्रित हुने सरकारले जनाएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हुलाकी राजमार्गका लागि ७ अर्ब १ करोड 
सरकारले मध्य तराईको पूर्व–पश्चिम जोड्नेगरी हुलाकी राजमार्ग निर्माण गर्ने निर्णय गरेको थियो। उक्त राजमार्गलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर निर्माण कार्यलाई सरकारले तीव्रता दिएको हो। चालू आर्थिक वर्षमा सरकारले हुलाकी राजर्मालाई १३ अर्ब ६३ करोड ७ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा आगामी आर्थिक वर्ष २०७७/७८ का ७ अर्ब १ करोड रुपैयाँमात्र बजेट विनियोजन भएको छ।

तराई क्षेत्रमा रहेको हुलाकी मार्गलाई स्तरोन्नति गरी पूर्व पश्चिम जोड्ने वैकल्पिक राजमार्गको रूपमा निर्माण गर्ने लक्ष्य सरकारले लिएको हो।

मध्यपहाडी लोकमार्गलाई ८ अर्ब २७ करोड
सरकारले आर्थिक वर्ष २०६४/६५ देखि पहाडीबाट पूर्वपश्चिम जोड्नेगरी पाँचथरको चियो भञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्मको मध्यपहाडी (पुष्पलाल) लाकमार्ग निर्माणको घोषणा गरेको थियो। उक्त सडक आयोजनामा आर्थिक वर्ष २०७६/७७ मा १२ अर्ब १९ करोड ९२ लाख बजेट विनियोजन भएको थियो भने आगामी आर्थिक वर्ष २०७७/७८ लागि मध्येमहाडी लोकमार्गका लागि अर्थमन्त्री डा खतिवडाले ८ अर्ब २७ करोड रुपैयाँ रुपैयाँ बजेट विनियोजन गरेका छन्। मध्यपहाडी लोकमार्गका लागि समेत बजेट घटाइएको छ। चालू आवको तुलनामा आगामी वर्षका लागि छुट्याइएको बजेटमा ३ अर्ब ९३ करोड रुपैयाँ घटेको छ। 

पूर्व–पश्चिम राजमार्गका लागि १२ अर्ब २१ करोड
सरकारले पूर्व–पश्चित राजमार्ग आगामी ३ वर्ष भित्र एसियाली राजमार्ग मापदण्डअनुरुपको डेडिकेटेड चार लेनको सुरक्षित द्रूत सडकको रुपमा स्तरोन्नति गरिने भएको छ। आगामी आर्थिक वर्षबाट निर्माण सुरु गरिने र त्यसका लागि १२ अर्ब २१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। 

उत्तर दक्षिण सकडका लागि ७ अर्ब १६ करोड 
सरकारले चालू आर्थिक वर्षका लागि कोशी, कर्णाली, कालीगण्डकी करिडोरका लागि छुट्टाछुट्टै शीर्षकमा बजेट विनियोजन गरेकोमा आगामी आर्थिक वर्षका लागि एकमुस्टमा बजेट छुट्याइएको छ। उत्तरी र दक्षिणी सीमा जोड्ने सडकको रणनीतिक महत्वलाई दृष्टिगत गरी क्रमशः डेडिकेटेड डवल लेनमा निर्माण र स्तरोन्नति गरिने बजेटमा उल्लेख छ। मेची, तमोर, कोशी, तामाकोशी, त्रिशुली, कालीगण्डकी, भेरी, कर्णाली र महाकाली करिडोर आयोजना तथा राजमार्गको निर्माण एवं स्तरोन्नतिको कामलाई निरन्तरता दिन ७ अर्ब १६ करोड रुपैयाँ बजेट छुट्याइएको छ। 

त्यसैगरी अन्य विभिन्न शीर्षकअन्तर्गत मुग्लिन पोखरा, कोहलपुर सुर्खेत र सिद्धार्थ राजमार्ग स्तरोन्नति गर्न ५ अर्ब ५७ करोड, हरेक निर्वाचन क्षेत्रका एकभन्दा बढी स्थानीय तह जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम कार्यान्वयन गर्न ३ अर्ब ३० करोड विनियोजन भएको छ।

यसका साथै तराई मधेश समृद्धिसँग जोडिएको सडक पूर्वाधार विशेष कार्यक्रमका लागि २ अर्ब २६ करोड रुपैयाँ बजेट विनियोजन भएको छ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  २२:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
बुढीगण्डकी बाढीपछि अवरुद्ध बेनिघाट–तातोपानी सडक बल्ल खुल्यो तातोपानी र आसपासका क्षेत्रमा बाढीले थुपारेका ढुङ्गा, माटो र गेग्रान हटाउने काम सकिएपछि सडक खुलेको हो। आइतबार, कात्तिक ८, २०८३
लिफ्टसहितको कुसुन्तीको आकाशे पुल छिट्टै सञ्चालनमा आउने निर्माण कार्य अन्तिम चरणमा पुगेको भए पनि पुल सञ्चालन तथा उद्घाटनको औपचारिक मिति भने सार्वजनिक भइसकेको छैन । आइतबार, कात्तिक ८, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल प्रदेश सरकारका दुई कार्यकाल पूरा हुन लाग्दासमेत आठ स्थानीय तहका केन्द्र सडक पहुँचबाहिर रहनुले दुर्गम क्षेत्रको पूर्वाधार विकासमा राज... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
तेस्रो संस्करणको एनपीएल तयारी पूरा, ७० करोड कारोबारको लक्ष्य आइतबार, कात्तिक ८, २०८३
बुढीगण्डकी बाढीपछि अवरुद्ध बेनिघाट–तातोपानी सडक बल्ल खुल्यो आइतबार, कात्तिक ८, २०८३
लिफ्टसहितको कुसुन्तीको आकाशे पुल छिट्टै सञ्चालनमा आउने आइतबार, कात्तिक ८, २०८३
खेल पत्रकारहरु भन्छन्– एनपीएलले नेपाललाई खेल पर्यटनको ‘हब’ बनाउने सम्भावना बढायो आइतबार, कात्तिक ८, २०८३
एनपीएल ३ : विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्