• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

बजेटमा श्रम–रोजगार : आन्तरिक रोजगारी प्रवर्द्धन र सीप विकासमा जोड, कार्यान्वयनमा चुनौती

64x64
निर्मला घिमिरे बिहीबार, जेठ १५, २०७७  २१:३३
1140x725

काठमाडौं- सरकारले बिहीबार आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १४ खर्ब ७२ अर्बको बजेट प्रस्तुत गरेको छ। विश्वमा महामारीका रुपमा फैलिएको कोभिड-१९ (कोरोना भाइरस) संक्रमणको प्रत्यक्ष प्रभाव परेको श्रम तथा रोजगार क्षेत्रलाई बजेटमा प्राथमिकताका साथ समेटेको दाबी गरिएको छ।मर्यादित काम, सामाजिक सुरक्षा र आदर्श श्रम सम्बन्धको माध्यमबाट श्रमको उत्पादकत्व वृद्धि गर्दै सबै नेपालीलाई काम र रोजगारीको अवसर सिर्जना गर्ने तर्फ बजेट तय गरिएको बताइएको छ। 

कोभिड-१९ का कारण स्वदेश तथा विदेशमा रोजगारी गुमाएका श्रमिकहरुको अवस्थालाई मनन गर्दै देशभित्र काम र रोजगारीका थप अवसरहरु सिर्जना गर्न बजेट केन्द्रित गरिएको अर्थमन्त्री डा युवराज खतिवडाको भनाई छ। 

'आफ्नो गाउँ, आफैँ बनाऔं' कार्यक्रमको भावना अनुसार स्थानीय तहबाट सञ्चालन हुने विकास निमार्णका श्रममूलक सामाजिक तथा भौतिक विकास आयोजनामा विपन्न परिवार लक्षित कामका लागि खाद्यान्न कार्यक्रम सञ्चालन गर्ने व्यवस्था बजेटले समेटेको छ। 

कोरोनाका कारण रोजगारी गुमेका र वैदेशिक रोजगारीबाट फर्किएकालाई पारिश्रमिक सहितको जनसहभागितामा आधारित र प्रविधिसहितको विकास निमार्णमा परिचालन गर्न आवश्यक रकमको व्यवस्था बजेटमा गरिएको छ। कामका लागि खाद्यान्न कार्यक्रम सहभागि हुन नसक्ने असंगठित क्षेत्रका मजदूरहरुलाई सरकारले लकडाउन अवधिभरी न्यूनतम ज्यालाको एकचौथाई बराबरको खाद्यान्न राहत स्वरुप प्रदान गर्ने रकम उपलब्ध गराउने व्यवस्था सरकारले गरेको छ। 

अगामी वर्षमा सबै रोजगारदाता र श्रमिकहरुलाई सामाजिक सुरक्षा योजना कार्यक्रममा अनिवार्य समावेश गराउने व्यवस्था बजेटमा गरिएको छ। सामाजिक सुरक्षामा सहभागी श्रमिकहरुको लकडाउन अवधिभरीको पारिश्रमिक उपलब्ध गराउने व्यवस्था सरकारले मिलाउने छ। त्यस्तै विदेशमा अलपत्र परेका श्रमिकहरुलाई स्वदेश फर्काउनका लागि समेत बजेटको व्यवस्था गरिएको छ।  

प्रधानमन्त्री रोजगार कार्य्रकमको दायरा विस्तार
सरकारले बाध्यकारी वैदेशिक रोजगारीलाई ५ वर्षभित्र अन्त्य गरी आन्तरिक रोजगारी प्रवद्र्धनमा जोड दिन अघि सारेको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बजेटको दायरा बढाएको छ। सरकारले २ लाख युवाहरुलाई रोजगारी उपलब्ध गराउने गरी आगामी वर्षका लागि ११ अर्ब ६० करोड बजेट छुट्याएको छ। उपलब्धिबिहीन काममा राज्य कोषको अर्बौँ रुपैयाँ दुरुपयोग भएको भन्दै आलोचित बनेको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई नै सरकारले निरन्तरता दिएको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि स्थापना भएको रोजगार सूचना केन्द्रलाई भने सरकारले श्रम सूचना बैंकका रुपमा स्थापना गर्ने घोषणा गरेको छ। श्रम सूचना बैंकमार्फत श्रमिक नीजि क्षेत्र (रोजगारदाता) तथा श्रमिकहरु बीच सम्बन्ध स्थापित गरिने छ। 

Ncell 2
Ncell 2
nimb
nimb

५० हजारलाई सीप प्रदान गर्न १ अर्ब बजेट 
विदेशी श्रमिकलाई प्रतिस्थापन गर्न आफ्नै देशका श्रमिकहरुलाई सीपयुक्त बनाउन सरकारले सीपका लागि १ अर्ब बजेट छुट्याएको छ। हस्तकला प्लम्बिङ, बिजुलीमर्मत, इलेक्ट्रिक, कालिगढ, सिकर्मी, डकर्मी, सिलाईकटाई, ब्युटिसियन लगायतका सीप विकास तालिम तथा प्रशिक्षण संघ र प्रदेश स्तरमा सञ्चालनका लागि सरकारले १ अर्ब बजेट छुट्याएको जनाएको छ। 

यसबाट कम्तीमा ५० हजार व्यक्तिले रोजगारी पाउने अपेक्षा सरकारको छ। 

रोजगारीसहितको तालिम उपलब्ध गराउने उद्योगीलाई अनुदानका लागि १ अर्ब  
उद्योगहरुले आफूलाई आवश्यक पर्ने र श्रम सूचना बैंकबाट सिफारिस भएका श्रमिकहरुलाई रोजगारी सहितको तालिम प्रदान गर्ने व्यवस्था मिलाइने व्यवस्था बजेटमा गरिएको छ। श्रम सूचना बैंकबाट सिफारिस गरिएका व्यक्तिलाई न्यूनतम २ वर्ष रोजगारी सुनिश्चित गरेमा बढीमा ३ महिनासम्मको तालिम अवधिको न्यूनतम पारिश्रमिकको ५० प्रतिशत रकम अनुदानको रुपमा त्यस्चा प्रतिष्ठान तथा उद्योगीहरुले पाउने छन्। 

यो कार्यक्रमका लागि सरकारले १ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। यसबाट करिब ५० हजार युवा सीपयुक्त हुने सरकारको लक्ष्य छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्राविधिक तथा व्यवसायीक शिक्षाका लागि ४ अर्ब ३४ करोड 
सरकारले आगामी आर्थिक वर्षमा युवाहरुलाई प्राविधिक तथा व्यवसायीक शिक्षा विकासमा जोड दिएको छ। आगामी आर्थिक वर्षमा ७५ हजार युवाहरुलाई प्राविधिक तथा व्यवसायिक शिक्षा प्रदान गर्न र प्राविधिक  तथा व्यवसायीक एवं तालिम प्रदायक संस्थाको सुदृढीकरणका लागि ४ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ।

यस कार्यक्रमबाट श्रम बजारमा प्रवेश गर्ने नयाँ श्रमिक, कोरोनाका कारण रोजगारी गुमाएका असंगठित क्षेत्रका श्रमिक र वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुले रोजगारी प्राप्त गर्ने अपेक्षा सरकारले लिएको छ । 

थप रोजगारी सिर्जनाका लागि वाणिज्य बैंकका प्रत्येक शाखाले १० र विकास बैंकका शाखालाई ५ जनालाई सहुलियत कर्जा उपलब्ध गराउनुपर्ने व्यवस्था समेत लागू गरिने बजेटमा समावेश छ। आगामी आर्थिक वर्षमा रोजगारी सिर्जनाका वैंक तथा वित्तिय संस्थाबाट प्राप्त हुने सहुलियत पूर्ण कर्जा प्रवाह कार्यक्रमलाई सरकारले थप सहजीकरण गरिदिने उल्लेख छ। 

यस कार्यक्रम अन्तर्गत वाणिज्य बैंकले प्रतिशाखा कम्तीमा १० जनालाई अनिवार्य सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने छ। विकास बैंकले कम्तीमा ५ जनाका दरले सहुलियतपूर्ण कर्जा उपलब्ध गराई थप रोजगारी सिर्जना गर्न नेपाल राष्ट्र बैंकमार्फत आवश्यक व्यवस्था मिलाईने बजेटमा उल्लेख छ।

अघिल्लो वर्षमा पनि सरकारले विदेशबाट फर्किएका युवाहरुलाई देशभित्रै परिचालन तथा उद्यमशीलता विकासका लागि सरलकर्जा कार्यक्रम अघि सारेको थियो। तर बैंक तथा वित्तिय संस्थाले कर्जा प्रवाहमा आनाकानी गरेसँगै यो कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन। 

साना किसान कर्जा कार्यक्रममार्फत ४० हजारलाई रोजगारी, १२ हजार स्वरोजगार 
साना किसान विकास लबघवित्त संस्थामार्फत संञ्चालित साना किसान कर्जा कार्यक्रमबाट थप ४० हजार रोजगारी सिर्जना गर्ने बजेटमा व्यवस्था गरिएको छ।त्यस्तै आगामी आर्थिक वर्षमा युवा स्वरोजगार कोषको युवा स्वरोजगार कर्जा कार्यक्रम मार्फत थप १२ हजार युवा स्वरोजगार हुने बजेटमा उल्लेख गरिएको छ। 

गरिबका लागि लघु उद्यम लगायत उद्योग क्षेत्रका कार्यक्रमबाट १ लाख २७ हजारलाई रोजगारी उपलब्ध गराइने व्यवस्था गरिएको छ । वन पैदावारमा आधारित उद्यम, कृषिवन, नर्सरी, स्थापना तथा वृक्षारोपण, जडिबुटि उत्पादन तथा प्रशोधन लगायत क्षेत्रमा ३० हजार रोजगारी सिर्जना गर्ने व्यवस्था बजेटमा छ। 

गरिबी निवारण कोष द्वारा प्रवद्र्धित ६४ जिल्लाका ३२ हजारभन्दा बढी सामुदायिक संस्थाले परिचालित गरेको रु १९ अर्ब घुम्ति कोषलाई बीउपुँजीका रुपमा प्रयोग गरी स्थानीय स्तरमा आर्थिक गतिविधि सञ्चालन गर्न यी संस्थालाई सहकारी प्रणालीमा रुपान्तरण गरिने छ । यसबाट कृषि, लघु तथा साना उद्योग क्षेत्रमा थप १ लाख ५० हजार रोजागरी सिर्जना गरिने छ । 

विदेशी नागरिकलाई अनिवार्य श्रम स्वीकृतिमा कडाई 
नेपाली नागरिकलाई रोजगारीका अवसर सिर्जना गर्नका लागि विदेशी नागरिकहरुलाई अनिवार्य रुपमा श्रम स्वीकृति लिएर काम गर्ने व्यवस्थालाई कडाईका साथ लागू गरिने व्यवस्था बजेटमा गरिएको छ। 

बजेट सकारात्मक तर कार्यान्वयन चुनौतीपूर्ण : विज्ञ 
विज्ञहरुले सरकारले श्रम तथा रोजगारी क्षेत्रका लागि ल्याएको बजेट सकारात्मक भएको बताएका छन्। सरकारले वर्तमान समस्या समेटेर श्रम रोजगार क्षेत्रको बजेट प्रस्तुत गरेको श्रम विज्ञ डा गणेश गुरुङ बताउँछन्। 

‘अहिलेको सबैभन्दा ठूलो समस्या भनेको वैदेशिक रोजगारीमा समस्यामा रहेका नेपाली श्रमिकहरु फर्काउनु रहेको छ। सरकारले बजेटमा अलपत्र परेका नागरिक फर्काउने व्यवस्था गरेको छ यो सकारात्मक पक्ष हो,’ डा गुरुङ भन्छन्, ‘सरकारले विदेशबाट फर्किएका श्रमिकहरुलाई देशभित्रै परिचालन गर्नका लागि  कृषिमा जोड्ने भएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रममा बजेटको दायरा फराकिलो बनाएको छ।’

सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट सकारात्मक भएपनि कार्यान्वयनका लागि भने चुनौतीपूर्ण रहेको श्रम विज्ञ डा गुरुङको भनाई छ। ‘यस अघि पनि सरकारले बजेट नराम्रो ल्याएको होइन। सरकारले ल्याएको उपयुक्त बजेट पनि संरचनाको अभावमा कार्यान्वयन हुन नसकेको अवस्था छ,’ विज्ञ डा गुरुङले थपे। 

श्रमिकको हकअधिकारका लागि लामो समयदेखि काम गर्दै आएका कानुन विद् सोम लुइँटेल पनि सरकारले घोषणा गरेको बजेट अहिलेको परिवेशमा उपयुक्त भएको बताउँछन्। 

‘सरकारले अलपत्र परेका कामदार स्वदेश फर्काउने व्यवस्था बजेटमा गरेको छ यो राम्रो पक्ष हो,’ उनी भन्छन्, ‘विदेशबाट फर्किएका युवाहरुलाई आन्तरिक रोजगारीमा परिचालन गर्ने, उनीहरुलाई व्यवसायीक तथा प्राविधिक सीप परिचालन गर्ने व्यवस्था बजेटमा गरिएको छ। यो बजेट उपयुक्त छ।’

यस वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत थप २ लाख युवाहरुलाई रोजगारी प्रदान गरिने तथा विदेशी कामदारहरुलाई प्रतिस्थापन गर्दै नेपाली श्रमिकहरुलाई सीपयुक्त बनाई रोजगारीमा परिचालन गरिने जस्ता कार्यक्रम उपयुक्त भएको कानुनविद् लुइँटेलको भनाई छ। 

तर श्रम रोजगार क्षेत्रको बजेटमा कतिपय शब्दचयनमा केही प्राविधिक त्रुटि भएको कानुनविद् लुइँटेलले बताए। त्यस्तै बजेट कार्यान्वयन गर्न सरकारका सामु चुनौती रहेको उनको भनाई छ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  २१:३३
  • #बजेट_२०७७_७८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
भिसा दुरुपयोग गरि जापान पठाउने नाममा लाखौं असुली, यामानोमाथि विभागले अनुसन्धान गर्ने जापानी नागरिक यामानो शिनिचिरोले नेपालमा आफ्नो भिसाको दुरुपयोग गर्दै म्यानपावर कम्पनी र जापान जाने कामदारलाई पैसा उठाएको विषयमा बैदेश... शुक्रबार, असोज ९, २०८३
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू मलेसिया जाने नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावरलाई मुख्य कम्पनी र अन्यलाई सबएजेन्ट बनाइएको विषयमा विवाद भइरहेका बेला व... शुक्रबार, असोज २, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्