काठमाडौं- सीमा सुरक्षालाई थप मजबुत बनाउँदै लगिने भएको छ। बिहीबार भएको बजेट विनियोजनमा अर्थमन्त्रीले उक्त कुरा बताएका हुन्। त्यसका लागि ३९ वटा सशस्त्र प्रहरी बलका बोर्डर आउट पोस्ट (बिओपी) समेत थप गरिने भएको छ।
राष्ट्रिय सुरक्षालाई सदृढ गरिँदै लगिने, सीमा सुरक्षा गर्न, अपराध रोक्न आवश्यक तयारी गरिने बताइएको छ। त्यस्तै अध्यागमन प्रणालीको सूचनालाई पनि थप व्यवस्थीत गरिने भएको छ। नेपाल प्रहरीको तथ्य, वैज्ञानिक अनुसन्धान र अभियोजन प्रणली बनाइने बताइएको छ।
देशको एकमात्र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागको क्षमता विकास गर्दै थप स्रोत साधनयुक्त बनाइने बताइएको छ। नेपाली सेनालाई बंकरबाट ब्यारेकामा स्थापना गर्न थप भवनहरु निर्माण गर्ने बताइएको छ।
राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा विश्वविद्यालय सञ्चालनका लागि पनि आवश्यक बजेट विनियोजन गरिएको अर्थमनन्त्री युवराज खतिवडाले बताए। ३ वर्ष भित्र अनलाइनबाटै व्यक्तिगतग विवरण फारम भर्न सकिने, करागारको भौतिक सुधार गरिने बताइएको छ। निमार्णधीन नुवाकोट र बाँकेको कारागार आगामी वर्षभित्र सम्पन्न हुने बताइएको छ।
कैदीले उत्पादन गरेका सामाग्रीलाई बजारको पहँचसम्म पुर्याइने भएको छ। लागुऔषधको सेवन तथा बेचबिखनविरुद्ध पनि प्रभावकारी रुपमा कार्यक्रम गरिने भएको छ। विपदको पूर्वतयारी, खोज तथा राहतका विषयमा र संघ, प्रदेश र स्थानीय तहको समन्वयमा काम गरिने भएको छ। सबै प्रदेशमा खोज, उद्धार तथा राहतका लागि आतपकालीन भण्डारको व्यवस्था गरिने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।