काठमाडौं- सरकारले सबै स्थानीय तहमा खाद्य भण्डारण कक्ष स्थापना गर्ने कार्यक्रम ल्याएको छ।
आगामी आर्थिक वर्षको बजेटमार्फत संघ, प्रदेश र स्थानिय तहमा गरी ३ लाख १० हजार मेट्रिक टन क्षमताको भण्डारण स्थापना गर्ने सरकारले लक्ष्य लिएको छ। योसँगै ती स्थानहरुमा व्यवसायिक बिक्रीकेन्द्र पनि स्थापना गरिनेछ।
सार्क खाद्य सुरक्षा बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको भण्डारण क्षमता पनि बढाइने बजेटमा उल्लेख छ। सरकारले विकट पहाडी र हिमाली जिल्लामा खाद्यान्न र आयोडिनयुक्त नुन ढुवानीलाई सरकारले निरन्तरता दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।