काठमाडौं- चर्चित गीतकार रत्नशम्शेर थापाको बिहीबार निधन भएको छ।
उनको उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।
लामो समयदेखि छातीको बिरामी रहेका उनको ८४ वर्षको उमेरमा निधन भएको हो।
उनका घुम्तीमा नआऊ है, ए कान्छा, फूलैफूलको मौसम, जाग लम्क चम्क, विछोडको पीडासहितका गीतहरु चर्चित छन्। थापा प्रेम र राष्ट्रिय भावनाका गीत लेखनमा चर्चित थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।