काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले गणतन्त्र दिवसले समतामूलक समाज निर्माणमा गणतन्त्र दिवसले प्रेरणा प्रदान गर्ने बताएका छन्।
गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले भनेका छन्- नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु।
देउवाले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भू-भाग भएको दोहोर्याएका छन्। साथै संसदमा दर्ता भएको संविधान संशोधन विधेयक सकारात्मक भएको र आफूहरुले केन्द्रीय समिति बैठकबाट संस्थागत निर्णय गर्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।