काठमाडौं- कोरोना भाइरसको महामारी बढिरहेकोको अवस्थामा जुनसुकै वस्तु जथाभावी स्पर्श नगर्न चिकित्सकहरूले सुझाव दिएका छन्। सामाजिक दूरी कायम गर्न र भिडभाडमा जाँदा मास्कको प्रयोग गर्न पनि उनीहरूको सुझाव छ। कोरोना संक्रमणका भएका व्यक्तिमा ज्वरो आउने भएकाले समेत पछिल्लो समय धेरै कार्यालहरूले ज्वरो नाप्नका लागि थर्मल गन प्रयोग गरिरहेका छन्। तर थर्मल गनबाट कसैको तापक्रम लिन पनि नजिकै गएर मानिसले नै लिनुपर्ने अवस्था छ।
यी असहजतालाई दृष्टिगत गरी बारकोड इन्क प्रालिले कोविड -१९ को प्रकोपमा उपयोगी हुने स्पिड फेस बजारमा ल्याएको छ। फेस स्पिड-भि- फाइभ-एल (टिडी) नाम दिइएको जेडकेटी इकोको उत्पादनलाई बारकोड नेपाल इन्कले बजारमा ल्याएको हो।
स्पिड फेसमा अनुहार र हत्केला देखाएर हाजिर गर्न सकिने विशेषता छ। यसका साथै हत्केला वा अनुहार देखाएरै ढोका खोल्न सकिने, टाढैबाट तापक्रम तुरुन्तै देखाउने, तापक्रम बढी भएमा प्रवेश नदिने, सामान्य तापक्रम वा धेरै तापक्रम रहेको मेसिनले आफै भन्ने जस्ता नयाँ विशेषता यो यन्त्रमा छन्। यी सबै काम डिजिटल प्रक्रियाबाटै यो मेसिनले गर्न सक्छ। यसका लागि भौतिक रूपमा मानिस नै उपस्थित हुनु जरुरी छैन।
५ इन्चको टच स्क्रिन रहेको यस टर्मिनलमा सामान्य अवस्थाको लागी फिंगरप्रिन्ट रिडरसमेत जडान गर्न सकिने विशेषता छ। फेसियल टेक्नोलोजीमा सबैभन्दा भरपर्दो मानिने भिजिबल लाइट र अर्टिफ़िसियल इन्टेलिजेन्सको उत्कृष्ट संमिश्रण यो मेसिनमा भएको बारकोडले जनाएको छ।
६ हजार मानिसको फेस स्टोर गर्न मिल्ने यस टर्मिनलमा मास्क लगाएको अवस्थामा समेत प्रयोग गर्न मिल्ने गरी निर्माण गरिएको ले अहिलेको समयमा यसको महत्व धेरै देखिएको बारकोड नेपालको भनाइ छ। यसको खरिदमा इ-हाजिरीको अनलाइन भर्सन एक वर्षको प्याकेज निःशुल्क गरिएको कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।