मेलम्ची- आफ्नै १८ वर्षीया छोरी बलत्कार गरेको अभियोगमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका बस्ने ४३ वर्षीय बाबु पक्राउ परकेका छन्।
४ वर्ष देखि पटक-पटक बलात्कार गर्ने गरेको भन्दै पीडित युवतीकी आमाले प्रहरीमा उजुरी दिएपछि उनका बाबुलाई प्रहरीले पक्राउ गरको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।
छोरीलाई बलात्कारको प्रयास गरेको देखेपछि पीडितकी आमाले प्रहरीमा उजुरी दिएकी थिइन्। उजुरीपछि इलाका प्रहरी कार्यालय मेलम्चीको टोलीले बाबुलाई पक्राउ गरी अनुसन्धान थालेको काफ्लेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।