• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २७, २०८२ Mon, Oct 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

४४ सार्वजनिक संस्थान : कुन अब्बल? कुन धराशायी?

64x64
अरुण सापकोटा मंगलबार, जेठ १३, २०७७  २२:५५
1140x725

काठमाडौं- सार्वजनिक संस्थानले गत आर्थिक वर्ष २०७५/७६ मा ४८ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा यस्तो आर्जन ४३ अर्ब ४० करोड रुपैयाँ थियो। गत वर्षको तुलनामा सार्वजनिक संस्थानको नाफा १२.३६ प्रतिशतले सुधार भएको छ। अघिल्लो वर्षमा नाफा ४.८८ प्रतिशतले मात्रै बढेको थियो। 

हाल अस्तित्वमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २६ वटा संस्थान खुद नाफामा छन् भने १३ वटा घाटा। २६ वटाको खुद नाफा ५१ अर्ब ५९ करोड रुपैयाँ रहेको छ। त्यस्तै घाटामा रहेका १३ वटाको खुद नोक्सानी २ अर्ब ७८ करोड रुपैयाँ रहेको अर्थ मन्त्रालयले जनाएको छ। 

नेपाल आयल निगम र नेपाल विद्युत प्राधिकरणले ठूलो अंकले नाफा सुधार गर्दा समग्र सार्वजनिक संस्थानकै नाफामा बढोत्तरी भएको छ। गत आर्थिक वर्ष २०७५/७६ मा बढी खुद नोक्सान हुने तीन सार्वजनिक संस्थानमा नेपाल वायुसेवा निगम (एक अर्ब ९६ करोड रुपैयाँ), उदयपुर सिमेन्ट उद्योग (१९ करोड ६३ लाख रुपैयाँ) र नेपाल टेलिभिजनले (१२ करोड ६२ लाख रुपैयाँ) छन्। 

नेपाल वायुसेवा निगमले खरिद गरेका विमान पूर्णरुपमा सञ्चालन गर्न नसक्दा निगमको सञ्चालन खर्च बढ्न गई प्रतिस्पर्धामा जान नसकेकाले बढी नोक्सानी देखिएको अर्थ मन्त्रालयले जनाएको छ। चार वर्ष अगाडिसम्म नोक्सानमा रहँदै आएको नेपाल विद्युत प्राधिकरण अहिले सबैभन्दा धेरै नाफा आर्जन गर्ने संस्थान भित्र पर्छ। दोस्रो धेरै नाफा गरेको नेपाल टेलिकमको नाफा भने घट्दो क्रममा छ। 

सार्वजनिक संस्थानहरुमा नेपाल सरकारको शेयर र ऋण लगानी ४ खर्ब ६४ अर्ब रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा सरकारको शेयर तथा ऋण लगानी २७.३६ प्रतिशतले बढेको अर्थ मन्त्रालयले जनाएको छ।

सरकारले सार्वजनिक संस्थानहरुमा गरेको लगानीबाट गत आर्थिक वर्षमा ९ अर्ब ४७ करोड रुपैयाँ लाभांश प्राप्त गरेको थियो। अघिल्लो आर्थिक वर्षमा सरकारले लाभांसबापत ९ अर्ब ८९ करोड रुपैयाँ प्राप्त गरेको थियो। शेयर तथा ऋण लगानी बढे पनि सरकारले प्राप्त गर्ने लाभांश भने ४.२८ प्रतिशतले घटेको छ। 

संस्थानहरुमा कार्यरत जनशक्तिको संख्या ३० हजार ७ सय ६९ जना रहेको छ। सबैभन्दा धेरै जीवनोपयोगी क्षेत्रमा १३ हजार ९८० जनाले रोजगारी पाएका छन्। अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा नियमित लेखापरीक्षण गर्ने जम्मा २७ वटा मात्रै संस्थान छन्। 

कतिपय संस्थानको निरन्तरको घाटाले संस्थानमाथि वित्तीय जोखिम र सरकारमाथि भार बढ्दै गएकोले त्यसलाई घटाउदै जानु पर्ने चुनौती रहेको अर्थ मन्त्रालयले जनाएको छ। 

Ncell 2
Ncell 2

पछिल्ला वर्षमा केही संस्थानको सञ्चालन आय र खुद नाफा बढ्दै गए पनि कतिपय संस्थानको कारोबार तथा आर्थिक अवस्था कमजोर नै रहेको मन्त्रालयको ठहर छ। गैरव्यावसायिक कार्यशैली, लागत र निर्णय प्रक्रियामा ढिलाइलगायतका कारणले आगामी दिनमा केही सार्वजनिक, संस्थान सञ्चालनमा संस्थागत सुशासनको प्रवर्द्धनमा कठिनाइ हुने मन्त्रालयले जनाएको छ। 

संस्थानहरुका कार्यसम्पादन चुस्त नहुँदा तथा निरन्तरको घाटा र कमजोर व्यवस्थापनले तिनीहरु आर्थिक भार बन्दै गएको मन्त्रालयको ठहर छ। अर्थ मन्त्रालयले प्रकाशन गरेको संस्थानहरूको वार्षिक समीक्षा प्रतिवेदनमा सार्वजनिक संस्थानले कारोबार गर्ने वस्तु तथा सेवाको गुणस्तर अभिवृद्धि र विविधीकरणमार्फत बजार विस्तार गर्नुपर्ने उल्लेख छ। यसैगरी सार्वजनिक संस्थानबाट प्राप्त प्रतिफल बढाउन व्यवस्थापन सुधार गरी व्यावसायिकता र दक्षता बढाउनुपर्नेछ, संस्थानका अधिकांश कर्मचारीको कार्यक्षमता र उत्पादकत्व प्रतिस्पर्धी बजारको तुलनामा कमजोर रहेकोले त्यसलाई सुधार्नुपर्नेछ पनि प्रतिवेदनमा उल्लेख छ। 

ठूलो कारोबार गर्ने सार्वजनिक संस्थान एवं नाफामा सञ्चालित संस्थानसमेत कोषमा व्यवस्था नगरिएको दायित्व अस्वाभाविक रुपमा बढ्द गएकोले त्यसलाई घटाउनुपर्ने मन्त्रालयले जनाएको छ। कतिपय संस्थानको निरन्तरको घाटाले संस्थानमाथि वित्तीय जोखिम र सरकारमाथि भार बढ्दै गएकोले त्यसलाई घटाउनु पर्ने प्रतिवेदनमा जनाइएको छ। 

क्षेत्रगत आधारमा सार्वजनिक संस्थानको खुद नाफा/नोक्सान 

सार्वजनिक संस्थानका क्षेत्र (रु.लाखमा)
खुद नाफा/नोक्सान
वृद्धि (%)
२०७४/७५
२०७५/७६
औद्योगिक
1273
-3937
-409.27
व्यापारिक
38790
90871
134.26
सेवा
47814
24698
-48.35
सामाजिक
-2086
-2101
0.72
जीवनोपयोगी
203243
196969
-3.09
वित्तीय
145040
182040
25.51
कुल जम्मा
434075
487741
12.36
वार्षिक वृद्धि (%)
4.88
12.36
 

संस्थानहरु मध्ये अघिल्लो वर्ष नाफामा रहेको औधोगिक क्षेत्रले गत वर्ष ३९ करोड ३७ लाख रुपैयाँ नोक्सानी बेहोरेको छ। त्यस्तै सेवा र जीवनोपयोगी क्षेत्रको नाफा अघिल्लो वर्षको तुलनामा गिरावट आएको छ भने व्यापारिक, सामाजिक र वित्तीय क्षेत्रको नाफामा उल्लेख्य सुधार भएको छ। 

औधोगिक क्षेत्रको नाफा नोक्सान 

सार्वजनिक संस्थानको नाम

खुद नाफा नोक्सान (रु.लाखमा)

वृद्धि (%)

२०७४/७५

२०७५/७६

दुग्ध विकास संस्थान

485

201

-58.56

जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी

362

192

-46.96

हेटौँडा सिमेन्ट उद्योग

1636

-105

-106.42

जनकपुर चुरोट कारखाना

-96

48

-150.00

नेपाल औषधी लिमिटेड

-1092

-882

-19.23

उदयपुर सिमेन्ट उद्योग

1024

-1963

-291.70

नेपाल ओरियन्ड म्याग्नासाइट

-699

-1080

54.51

बुटवल धागो कारखाना

-347

-348

0.29

नेपाल मेटल कम्पनी

0

0

0.00

धौवादी फलाम कम्पनी

0

0

0.00

नाफा

1273

-3937

-409.27


व्यापारिक क्षेत्रको नाफा नोक्सान 

सार्वजनिक संस्थानको नाम

खुद नाफा नोक्सान (रु.लाखमा)

वृद्धि (%)

२०७४/७५

२०७५/७६

कृषि सामग्री कम्पनी

1954

1749

-10.49

राष्ट्रिय बिउबिजन कम्पनी

-325

50

-115.38

नेशनल ट्रेडिङ लिमिटेड

-284

183

-164.44

नेपाल खाद्य संस्थान

522

984

88.51

नेपाल आयल निगम

35874

87536

144.01

नेपाल वन निगम

1013

369

-63.57

जम्मा

38754

90871

134.48


सेवा क्षेत्रको नाफा नोक्सान  

सार्वजनिक संस्थानको नाम

खुद नाफा नोक्सान (रु.लाखमा)

वृद्धि (%)

२०७४/७५

२०७५/७६

औधोगिक क्षेत्र व्यवस्थापन

1059

1281

20.96

नेशनल कन्स्ट्रक्सन कम्पनी नेपाल

0

0

0.00

नेपाल पारवहन तथा गोदाम व्यवस्था

514

565

9.92

नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी

0

0

0.00

नेपाल वायुसेवा निगम

2017

-19654

-1074.42

राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास

-91

-190

108.79

नेपाल नागरिक उड्यन प्राधिकरण

44381

43105

-2.88

नेपाल पूर्वाधार निर्माण कम्पनी

0

0

0.00

साझा यातायात

-175

-354

102.29

नेपाल रेल्वे कम्पनी

108

-55

-150.93

जम्मा

47813

24698

-48.34


सामाजिक क्षेत्रको नाफा नोक्सान  

सार्वजनिक संस्थानको नाम

खुद नाफा नोक्सान (रु.लाखमा)

वृद्धि (%)

२०७४/७५

२०७५/७६

नेपाल खानेपानी संस्थान

-616

-1255

103.73

नेपाल विद्युत प्राधिकरण

28481

98125

244.53

नेपाल दूरसञ्चार कम्पनी

174838

97576

-44.19

विद्युत उत्पादन कम्पनी

101

421

316.83

राष्ट्रिय प्रसारण ग्रीड कम्पनी

439

1302

196.58

जम्मा

203243

196169

-3.48


वित्तीय क्षेत्रको नाफा नोक्सान  

सार्वजनिक संस्थानको नाम

खुद नाफा नोक्सान (रु.लाखमा)

वृद्धि (%)

२०७४/७५

२०७५/७६

कृषि विकास बैंक

34423

41916

21.77

राष्ट्रिय बीमा संस्थान

197

570

189.34

राष्ट्रिय बीमा कम्पनी

5510

7813

41.80

राष्ट्रिय वाणिज्य बैंक

36593

50465

37.91

निक्षेप तथा कर्जा सुरक्षण कोष

3728

13863

271.86

नेपाल स्टक एक्सचेन्ज

2602

2800

7.61

नागरिक लगानी कोष

21754

27687

27.27

जलविद्युत लगानी तथा विकास कम्पनी

8076

10959

35.70

नेपाल बैंक

32157

25967

-19.25

जम्मा

145040

182040

25.51


समग्रमा ४४ सार्वजनिक संस्थान 

सार्वजनिक संस्थानको नाम

खुद नाफा नोक्सान (रु.लाखमा)

वृद्धि (%)

२०७४/७५

२०७५/७६

दुग्ध विकास संस्थान

485

201

-58.56

जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी

362

192

-46.96

हेटौंडा सिमेन्ट उद्योग

1636

-105

-106.42

जनकपुर चुरोट कारखाना

-96

48

-150.00

नेपाल औषधी लिमिटेड

-1092

-882

-19.23

उदयपुर सिमेन्ट उद्योग

1024

-1963

-291.70

नेपाल ओरियण्ड म्याग्नासाइट

-699

-1080

54.51

बुटवल धागो कारखाना

-347

-348

0.29

नेपाल मेटल कम्पनी

0

0

0.00

धौवादी फलाम कम्पनी

0

0

0.00

कृषि सामाग्री कम्पनी

1954

1749

-10.49

राष्ट्रिय बिउबिजन कम्पनी

-325

50

-115.38

नेशनल ट्रेडिङ लिमिटेड

-284

183

-164.44

नेपाल खाद्य संस्थान

522

984

88.51

नेपाल आयल निगम

35874

87536

144.01

नेपाल वन निगम

1013

369

-63.57

औधोगिक क्षेत्र व्यवस्थापन

1059

1281

20.96

नेशनल कन्स्ट्रक्सन कम्पनी नेपाल

0

0

0.00

नेपाल पारबहन तथा गोदाम व्यवस्था

514

565

9.92

नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी

0

0

0.00

नेपाल वायुसेवा निगम

2017

-19654

-1074.42

राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकासकेन्द्र

-91

-190

108.79

नेपाल नागरिक उड्यन प्राधिकरण

44381

43105

-2.88

नेपाल पुर्वाधार निर्माण कम्पनी

0

0

0.00

साझा यातायात

-175

-354

102.29

नेपाल रेल्वे कम्पनी

108

-55

-150.93

सांस्कृतिक संस्थान

-44

-225

411.36

गोरखापत्र संस्थान

-2006

-860

-57.13

जनक शिक्षा सामाग्री केन्द्र

1169

206

-82.38

नेपाल टेलिभिजन

-1126

-1262

12.08

राष्ट्रिय आवास कम्पनी

-79

40

-150.63

नेपाल खानेपानी संस्थान

-616

-1255

103.73

नेपाल विद्युत प्राधिकरण

28481

98125

244.53

नेपाल दुरसञ्चार कम्पनी

174838

97576

-44.19

विद्युत उत्पादन कम्पनी

101

421

316.83

राष्ट्रिय प्रसारण ग्रीड कम्पनी

439

1302

196.58

कृषि विकास बैंक

34423

41916

21.77

राष्ट्रिय बीमा संस्थान

197

570

189.34

राष्ट्रिय बीमा कम्पनी

5510

7813

41.80

राष्ट्रिय बाणिज्य बैंक

36593

50465

37.91

निक्षेप तथा कर्जा सुरक्षण कोष

3728

13863

271.86

नेपाल स्टक एक्सचेन्ज

2602

2800

7.61

नागरिक लगानी कोष

21754

27687

27.27

जलविद्युत लगानी तथा विकास कम्पनी

8076

10959

35.70

नेपाल बैंक लि

32157

25967

-19.25

जम्मा

434037

487740

12.37

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७  २२:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
नेप्सेमा ४४.२५ अंकको वृद्धि, ४ अर्ब ९७ करोडको कारोबार दुई दशमलव २७ र जीवन बीमा समूह एक दशमलव ९२ प्रतिशतले बढेको छ। सोमबार, असोज २७, २०८२
सुनको मुल्य तोलाकै २ लाख ४० हजार नाध्यो अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार ७१ अमेरिकी डलर हाराहारी कारोबार भईरहेको छ । सोमबार, असोज २७, २०८२
नेताको घरमा पैसा भेटिएको विषय जोड्दै अर्थ मन्त्रालयले सम्झायो नगद कारोबारको कानुनी व्यवस्था सरकारले विद्युतीय कारोबारलाई प्रोत्साहित गरिरहेको भन्दै विद्युतीय भुक्तानीमार्फत जुनसुकै सीमासम्मको रकमको कारोबार गर्न सकिने भएकोले... आइतबार, असोज १२, २०८२
ताजा समाचारसबै
रोहितको अर्धशतकमा कतारलाई मध्यम लक्ष्य सोमबार, असोज २७, २०८२
विपिन जोशीको मृत्यु भइसकेको हमासले गर्‍यो पुष्टि, शव आजै इजरायल पठाउने घोषणा सोमबार, असोज २७, २०८२
मधेश सरकारबाट लोसपाले पनि लियो समर्थन फिर्ता सोमबार, असोज २७, २०८२
मधेश प्रदेशकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा सोमबार, असोज २७, २०८२
नेप्सेमा ४४.२५ अंकको वृद्धि, ४ अर्ब ९७ करोडको कारोबार सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ आइतबार, असोज २६, २०८२
बन्धक रिहाइको प्रक्रिया सुरु भयो सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्