काठमाडौं- बलिवुडका चर्चित निर्माता तथा निर्देशक करण जोहर १४ दिनको आइसोलेसनमा बसेका छन्। उनको घरमा काम गर्ने दुई जनामा कोरोना पोजेटिभ पाइएपछि उनले आफूलाई आइसोलेसनमा राखेका हुन्।
उनले आफूलाई आइसोलेसनमा राखेका ट्विटरमार्फत घोषणा गरेका हुन्।
काम गर्नेहरुमा कोरोनाको लक्षण प्राप्त भएपछि उनीहरुलाई क्वारेनटाइनमा राखिएको छ। परिवारका सवै सदस्यको कोरोना परीक्षण गरिएको र सबैको रिर्पोट नेगेटिभ आएको उनले लेखेका छन्। तर पनि अरुको सुरक्षाका लागि १४ दिनसम्मका लागि आफूहरु आइसोलेसनमा बसेको उनले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।